काँचुली फेर्दै हुलाकी राजमार्ग आयोजना

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ नेपालको दक्षिणी भागमा रहेको २१ वटा जिल्लाहरुमा डाँक ओसारपसार गर्ने बाटाहरुलाई राजमार्गको रुपमा निर्माण गर्ने उद्देश्यले हुलाकी राजमार्गको स्थापना २०६६÷६७ देखि शुरु भएको हो । २०७९÷८० सम्म सम्पन्न हुने भनिएको यस आयोजनाको कूल लागत ६५ अर्ब २० करोड रहेको छ ।
हुलाकी राजमार्गको कूल लम्बाइ १८५७.४२ कि. मि. र २५० वटा पुलहरु निर्माण गर्ने लक्ष्य रहेको छ । यस आयोजनामा हालसम्म १२–१३ वर्षको अवधिमा १२ जना आयोजना निर्देशकहरुले काम गरिसकेका छन् । गुरु ढकाल, हरेकृष्ण भगत, मुक्ति गौतम, अर्जुनजंग थापा (हाल सडक विभागका महानिर्देशक), उमेशानन्द मिश्र, भूवनेश्वर देव, चन्द्रनारायण यादव, बलराम मिश्र, श्याम खरेल, अशोक तिवारी, रोहित बिसुराल र धर्मेन्द्र झाले आयोजनालाई नेतृत्व दिएका छन् ।
हुलाकी राजमार्ग मिश्रको पालादेखि गतिशील बन्न पुगेको जानकारहरुले बताएका छन् । २०६६ सालदेखि हालसम्म ५२ अर्ब ५० लाख रकम यस आयोजनामा खर्च भइसकेको छ । भारतीय अनुदान सहयोगसमेत रहेको हुलाकी राजमार्गको हालसम्म १०९३.८० किमि सडक कालोपत्रे भइसकेको छ ।
हुलाकी राजमार्गलाई तीव्ररुपमा निर्माण सम्पन्न गर्नका लागि योजना कार्यालय इटहरी, योजना कार्यालय जनकपुर, वीरगञ्ज, कपिलबस्तु, नेपालगञ्ज र धनगढीमा छवटा योजना कार्याहरुल स्थापना गरी निर्माण कार्य गरिँदै आएको छ । भारतीय अनुदान सहयोगबाट पनि काम भइरहेको स्रोतले बताएको छ । यस आयोजनामा आयोजना निर्देशकका रुपमा धर्मेन्द्र झा, का.मु. बनेर आएपछि हुलाकी राजमार्ग आयोजना तीब्ररुपमा अगाडि बढेको र काँचुली फेरेको मन्त्रालय र विभागमा चर्चा चलेको छ ।
झा सडक विभागमा टाठाबाठा र क्षमतावान् सिडिइ हुन् । राजनीतिक क्षेत्रमा व्यक्तिहरुलाई पट्याउन सक्ने क्षमता भएका झा हुलाकी राजमार्गलाई स्रोत र साधन कमी हुन नदिन अहोरात्र लागिपरेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *