आइतबार इदको विदा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) लाई मध्यनजर गरेर उक्त दिन सार्वजनिक बिदा दिने भएको छ ।
मुस्लिम आयोगबाट विदाका लागि अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ । वि.सं. २०७८ फागुन २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा बकर इदका अवसरमा सार्वजनिक बिदा दिने उल्लेख थियो ।
इस्लाम धर्मावलम्वीहरुको विशेष चाडको रुपमा रहेको उक्त चाड देशव्यापी नै दिने गरिएको हो । पहिला इस्लाम धर्मावलम्वीहरुका लागि मात्र विदा दिने गरिएकोमा पछिल्लो समयमा धर्म निरपेक्ष भन्दै हिन्दू धर्म बाहेकका अन्य धर्महरुका विशेष चाडहरुमा समेत सरकारले विदा दिने गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *