बेलायतमा जोनसनलाई तनाव

Nayabimarsha (Weekly Newspaper from Nepal)

आर.जे.महतो
लण्डन/ बेलायतका प्रधानमन्त्री बोरिस जोनसन तनावमा परेका छन् । उनलाई प्रधानमन्त्री वा कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिनुपर्ने दबाब बढेको कारण उनने पार्टीको नेताबाट राजीनामा गर्ने भएका समाचार स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री पदबाट राजीनामा गर्न तयार नभएका उनी शरद ऋतुसम्म प्रधानमन्त्रीमा रहिरहने चाहना उनले देखाएका छन् । पछिल्लो समय एकपछि अर्को मन्त्रीले राजीनामा दिएपछि जोन्सनमाथि सरकार छाड्नुपर्ने दबाब बढेको थियो । उनले प्रधानमन्त्रीको साटो पार्टी नेताबाट राजीनामा दिने तयारी गरेका उनी निकटको स्रोतले जनाएको छ । पछिल्लो समयमा भने यौन दुव्र्यवहारमा संलग्न रहेका व्यक्तिलाई उनको विगतबारे जानकारी हुँदाहुँदै पनि नियुक्ति दिइएको भन्ने विषयमा जोनसन विवादमा परेका थिए । जोन्सनको कार्यक्षमतामाथि प्रश्न उठाउँदै केही मन्त्री र सरकारका सहयोगीहरुले राजीनामा दिएपछि उनी थप दबाबमा परेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *