‘भ्रष्ट’ सचिवहरु को–को जाँदैछन् घर

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ निजामती सेवामा कार्यरत सचिवहरु धमाधम घर जाँदैछन् । २०७९ साल श्रावण १९ गते सचिव लक्ष्मण अर्याल अनिवार्य अवकाशमा पर्दैछन् । हाल मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव अर्याल स्वास्थ्य मन्त्रालयमा हुँदा कासमु कीर्ते खोप खरिदमा मिलेमतो, अक्सिजन ट्यांक खरिदमा सेटिङलगायतका विवादमा मुछिएका थिए ।
अर्यालले पाँच वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन् । त्यसैगरी, अबको ११ महिनापछि हाल शिक्षा मन्त्रालयबाट खेदिएका यादव कोइराला पनि अवकाश हुने बताइएको छ । त्यसैगरी, सचिव रामप्रसाद थपलिया आगामी २०८० असार २४ गते, शहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह आगामी मंसिर ६ गते र सचिव महेश्वर न्यौपानेको पनि श्रावण १२ गते अवकाश हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिक सचिव बैकुण्ठ अर्याल, २०७९ असार ३ गते घर जाँदैछन् भने थुप्रै विशिष्ट श्रेणीका व्यक्तिहरु घर जाने सूचीमा रहेका छन् । घर जाने सचिवहरुमध्ये लक्ष्मण अर्याल, महेश्वर न्यौपाने र रमेशप्रसाद सिंह पदमा रहेर ब्रह्मलुट गर्ने सचिवका रुपमा कुख्याति कमाएका सचिवहरु हुन् । न्यौपानेले गृह र पर्यटन, अर्यालले स्वास्थ्य र सिंहले शहरी विकास मन्त्रालयमा बसेर सुशासनको धज्जी उडाएको जानकरहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *