सेन्चुरीलाई प्रभुले निल्ने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली बैंकिङ क्षेत्रमा राम्रो प्रभाव देखाउन सफल प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने भएको छ । दुई बैंक गाभिनेबारे समझदारी भएपछि प्रभु बैंकको सञ्जाल झनै बढ्ने भएको छ । यो प्रक्रियापछि पनि बैंकको नाम ‘प्रभु’ नै कायम रहने भएपछि प्रभु बैंकका कर्मचारी मख्ख देखिएका छन् ।
दुई बैंकले मर्जरमा जानेबारेको समझदारी पत्रमा हस्ताक्षर गर्दा दुई बैंकले १ः१ स्वाप रेसियो कायम गर्ने सहमझदारी गरे । अन्तिम निर्णय भने सम्पत्ति तथा दायित्वको विस्तृत मूल्याङ्कन गरेपछि तय हुने गरी समझदारी भएको बताइएको छ । यसरी मर्जरपछि बन्ने संचालक समितिमा सात जना संचालक राख्ने सहमति बनेको पनि बताइएको छ । यसरी बन्ने नयाँ संचालक समितिमा चारजना प्रभुबाट र तीन सेन्चुरी बैंकबाट रहने सहमति भएको बताइएको छ । यसैगरी प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रभु बैंकका सीईओ अशोक शेरचन तथा सेन्चुरीका मनोज न्यौपाने डेपुटी सीईओ बन्ने सहमति भएको पनि बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *