दाहाल र नेपालमाथि देशद्रोहीको आरोप

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले तत्कालीन नेकपा सचिवालयका सदस्यहरुमाथि जनविरोधी र देशद्रोहीजस्तो गम्भीर आरोप लगाएका छन् । अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई उक्त आरोप लगाएका छन् ।
तुलसीलाल अमात्य स्मृति दिवसमा अध्यक्ष ओलीले उक्त आरोप लगाए पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले आरोप एवं धारे हातलाई दूधभात ठानेर पार्टी गठबन्धन गर्ने दिशामा अघि बढेको जानकारहरुले बताएका छन् । अध्यक्ष ओलीले छातीमा हात राखेर आत्मालोचना गरेर आए सोच्ने समेत बताएका छन् । अपवित्र र देशद्रोही गठबन्धनले भ्रष्टाचारलाई बढावा दिएको, महँगीले जनताको ढाड सेकेको सुशासनको प्रत्याभूति दिन नसकेको लगायतका अनेकौँ आरोप लगाउँदै आगामी निर्वाचनमा गठबन्धनलाई धुलो चटाउनुपर्ने बताएका छन् ।
ओलीले आपूmसँगै लामो समय राजनीति गरेका नेताहरुलाई सत्ताबाट हट्नुपर्दा आक्रोश र कुण्ठा व्यक्त गरेका छन् । ‘दुःख पाइस मङ्गले, आफ्नै ढङ्गले’ भन्ने उखानलाई बिर्सेर ओलीले विष वमन गर्दै आइरहेका छन् तथापि आगामी निर्वाचनमा गठबन्धन कायमै रहे एमाले तेस्रो र माओवादी केन्द्र दोस्रो ठूलो वामपन्थी शक्ति बन्ने राजनीतिका ज्योतिषहरुले बताएका छन् ।
यता, तत्कालीन नेकपा हुँदा सचिवालयमा रहेका नेताहरु मिलेर गठबन्धन गर्ने भनिएको समाजवादी केन्द्र गर्भमै तुहिएको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *