कर ठूलो कि जनता ठूलो सरकार ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

रुषा थापा
काठमाडौँ लगायत विभिन्न जिल्लाहरुमा केही दिनदेखि कोरोना सङ्क्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या उच्च भइरहेको पाइन्छ । अहिले अभिभावकहरु विद्यालय, कलेजमा कोरोना फैलिन्छ भनेर आफ्नो बालबच्चा पढाउनका लागि पठाउन मान्दैनन् । निजी तथा सरकारी विद्यालयहरुमा पढ्ने विद्यार्थीहरुले कोरोना नियन्त्रण गर्न सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गरिरहेको जस्तो देखिदैँन । यस्तै यता अभिभावकहरुले बालबालिकाहरुलाई विद्यालय पठाउन छोडेसँगै अनलाइन कक्षा शुरु गर्नुपर्छ भन्ने हाल माग गरिरहेका छन् ।
यसरी यत्रो कोरोना फैलँदा अब कोरोनाले धेरै क्षति पु¥याउँछ भन्ने अभिभावक तथा विद्यार्थीहरुको मनमा परेको छ । शिक्षकशिक्षिकहरु पनि अब कोरोनाले हामीलाई ठूलो क्षति पु¥याउँछ भनेर मन्त्रालयसँग विद्यालय बन्द गर्नुपर्छ भनेर माग गरिरहेको बताउँछन् । कोरोना सङ्क्रमित यति धेरै फैलँदा पनि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले विद्यार्थी बचाउनुपर्छ भनेर नसोच्दा अहिले कैयौँ बालबालिकाहरु कोरोनाबाट ग्रसित भएका छन् ।
अभिभावकहरु भन्छन् सरकारले अब अनलाइन कक्षा शुरु गर्नुप¥यो होइन भनी हामी हाम्रो बालबालिकालाई विद्यालय पठाउँदैँनौँ । साना बालबालिकाहरुलाई कोरोनाले गर्दा हाम्रो ज्यान पनि जान सक्छ भन्ने कुराको थाहा नहुँदा उनीहरु विद्यालयमा मास्क पनि लगाउँदैँनन् र दुरी पनि कायम गर्दैनन् । यसरी बालबालिकाहरुले कोरोना नियन्त्रण गर्न सरकारले बनाएको मापदण्ड पालना नगर्दा विद्यालय सञ्चालक समिति तथा व्यवस्थापकले पनि यसमा कुनै चासो देखाउँदैँन ।
अहिले कोरोनाले यसरी महामारीको रुप लिँदा शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालय बालबालिकाहरुलाई बचाउनुपर्छ भनेर कुनै निर्णय गर्दैनन् । यदि बालबालिकाहरु नै नरहने हो भनी शिक्षा कसलाई दिने हो । के मानिसको ज्यानभन्दा ठूलो शिक्षा हो । पहिला बालबालिका बचाएपछि पो शिक्षा दिन मिल्छ त । त्यस्तै चाडपर्व वा पूजापाठको नाममा अहिले मठमन्दिरहरुमा दर्शन गर्ने र पूर्जा गर्नेहरुको भिड धेरै लागेको छ ।
पशुपतिमा गएर हेर्दा दर्शन गर्न आएका मानिसहरुले पनि मास्क लगाएका छैनन् र सामाजिक दूरी पनि कायम गरेका छैनन् । विभिन्न मठमन्दिरहरुमा पनि यस्तै हालत रहेको छ । पशुपति कोष वा पर्यटक नागरिक उडड्यन मन्त्रालयले मठमन्दिरहरुलाई अब कोरोना फैलँदा हालको लागि गर्नुपर्छ भनेर निर्णय गरेको छैन । जसले अहिले सबैभन्दा बढी कोरोना फैलँने स्थल नै मठमन्दिर र विद्यालयहरु बन्दै गइरहेको छ ।
जनता पनि हाल भन्ने गर्दछन्, मठमन्दिर र विद्यालयहरु तत्कालिन बन्द गर्नुपर्छ । त्यस्तै यता अन्य बाहिरी मुलुकबाट आएका मानिसहरु पनि सिधैँ मठमन्दिरहरुमा गएर दर्शन गरिरहेका छन् जसले गर्दा कुनै एकलाई कोरोना छ भनी त्यस गर्दाले हजारौँ मानिसहरुलाई कोरोना लाग्न सक्छ । फिल्म हलहरुमा पनि त्यस्तै भइरहेको पाइन्छ । फिल्म हेर्न जाने दर्शकहरुको मुखमा मास्क पनि छैन र दुरी पनि पालना भइरहेको जस्तो देखिदैँन ।
अहिले हरेक दिन नयाँ नयाँ फिल्महरु सञ्चालन हुने हुँदा फिल्म हलमा मानिसहरुको चाप निकै बढिरहेको पाइन्छ । यसरी फिल्म हलहरु अहिले कोरोना फैलाउने एउटा कारखाना बन्दै गइरहेको छ । कोरोना यसरी फैलँदा अब फिल्म हलहरु बन्द गर्नुपर्छ भनेर जनताले सरकारसमक्ष माग गर्दा सरकार कानमा तेल हालेर बसिरहेको छ ।
पार्टी प्यालेसहरुमा पनि विवाह, ब्रतबन्ध, भोज, राजनीतिक कार्यक्रम आदिका कारणले गर्दा त्यतिकै भिडभाड रहेको पाइन्छ । यसरी यी स्थलहरुका कारणले गर्दा अहिले कोरोना भव्य रुपमा फैलिरहेको पाइन्छ । यता बैंक, फाइनान्स तथा वित्तीय संस्थाहरु डुब्यो भनेर पैसा निकाल्ने मानिसहरुको भिड उत्तिकै रहेको पाइन्छ । अहिले दिनहुँ पाँचवटाभन्दा बढी सहकारीहरु भागिरहेका छन् जसले गर्दा मानिसहरु आफ्नो पुँजी निकाल्नका लागि बैंक तथा सहकारीमा लाइन लागेर बसिरहेका छन् ।
यसरी आफ्नो बचत वा पुँजी निकाल्न आएका मानिसहरुले मुखमा मास्क पनि लगाएका छैनन् र सामाजिक दूरी पनि कायम गरेका छैनन् । सरकारी कार्यालयमा पनि सरकारी कर्मचारीहरु मुखमा मास्क नलगाई र दूरी पालना नगरी कोरोना फैलाइरहेका छन् । सरकार कार्यालयमा सेवा लिन जाने जनताहरुले पनि मुखमा मास्क लगाएको र दूरी पालना गरेको जस्तो देखिदैँन ।
सरकारी कार्यालयहरु पनि कोरोना फैलाउने कारखाना बन्दै छ । यस्तै यता होटेल, रेस्टुरेन्ट, काफे, दोहोरी साँझ, डान्स, रेस्टुरेन्टहरुमा पनि सरकारले कोरोना नियन्त्रण गर्न बनाएको मापदण्ड पालना गरेको छैन । यिनीहरुले पनि कोरोना फैलाउने काम गरिरहेका छन् । चिडियाखाना र सङ्ग्रहालयहरु पनि अहिले कोरोना फैलाउने कारखाना बनिरहेको छ । यी स्थलहरु पनि बन्द गर्न ढिलो भइसकेको छ । यहाँ आउने मानिसहरुले पनि कोरोना नियन्त्रण गर्न बनाएको कुनै मापदण्ड पालान गरेका छैनन् ।
अहिले भाटभटेनी सुपर मार्केट जस्ता मार्टहरुमा पनि मानिसहरुको चाप धेरै बढिरहेको छ । यहाँ पनि कोरोना नियन्त्रणका कुनै मापदण्ड पालना भइरहेको देखिँदैन । अब सरकारले यी ठाउँहरु छिटोभन्दा छिटो बन्द गर्न निकै आवश्यक भइसकेको छ । त्यस्तै यता गाडी बनाउने वर्क सप, पसले व्यापारी, फुटपार्कमा व्यापार गर्ने व्यापारीहरुले पनि मुखमा मास्क लगाएका छैनन् र दुरीको पनि पालना गरेका छैनन् । सार्वजनिक सवारीसाधनहरुमा पनि यात्रुहरुको मुखमा मास्क छैन र सहचालक तथा चालकहरु पनि मुखमा मास्क नलगाई गाडी चलाइरहेका छन् । अझै यिनीहरुले त सिटभन्दा बढी यात्रु हालेर कोरोना फैलाउने काम गरिरहेका छन् ।
यसरी सिटभन्दा बढी यात्रु हाल्दा र मास्क नलगाई चालक तथा सहचालकहरुले गाडी चलाउँदा पनि ट्राफिकहरुले यिनीहरुलाई कारबाही गर्दैन । यता, कालिमाटी फलफूल तथा तरकारी बजार, बल्खु तरकारी तथा फलफूल बजार, तीनकुने फलफूल तथा तरकारी बजार, भक्तपुर फलफूल तथा तरकारी बजारहरुमा पनि मानिसहरुको भिडभाड हेरिनसक्नु रहेको छ ।
लामो दूरीमा चल्ने गाडीको टिकट काट्ने काउण्टरमा बसेका मानिसहरुले पनि मुखमा मास्क लगाएका छैनन् । जनता सरकारसँग, लामो रोडमा चल्ने सवारीसाधन र हवाइजहाज तत्कालै बन्द गर्नुपर्छ भनेर माग गर्छन् तर सरकार सुन्दैन । संस्थाहरुले कोरोना नियन्त्रणका कुनै मापदण्ड पालना गरेका छैनन् । यसरी हवाइजहाजबाट आएका मानिसहरु पनि आफ्नो घरमा सिधैँ गइरहेका छन् । जसले गर्दा यदि कुनै व्यक्तिलाई कोरोना लागेको छ भनी उसको सम्पूर्ण घरपरिवारलाई पनि कोरोना लाग्ने सम्भावना बढिरहेको छ ।
काठमाडौं उपत्यकाबासीहरुले भक्तपुर, ललितपुर र काठमाडौँका प्रमुखसँग नाका बन्द गर्नुपर्छ भनेर पटक–पटक भनिरहेका छन् । यदि नाकाबाट कोही मानिसहरु आएमा उनीहरुको पहिला कोरोना चेकजाँच गरेपश्चात् मात्र नाकाभित्र छिर्न दिन मिल्छ भनेर जनता प्रमुखहरुसँग माग गर्छन् तर पनि उनीहरु यस विषयमा कुनै चासो दिदैँनन् ।अब सरकारले भिडभाड कम गर्न तत्कालिन सवारीसाधन जोर, विजोर गर्नुपर्छ र निषेधाज्ञा जारी गर्नुपर्छ ।
स्वास्थ्यमन्त्रीले लकडाउन पनि गर्दैन र मापदण्ड पनि कडा गर्दैन । अहिले स्वास्थ्यमन्त्री कोरोना फैलाएर जनता मार्ने काममा व्यस्त रहेका भन्ने आरोपबाट गुज्रिन थालेका छन् । स्वास्थ्यमन्त्रीले तत्कालै लकडाउन गर्नुपर्छ होइन भनी राजीनामा दिर्नुपर्छ । यसरी कोरोनाका कारण १२ हजार नेपाली नागरिक मृत्युको मुखमा पुग्दा पनि अझै सरकार कोरोनालाई ख्यालठट्टामा लिने गर्छ । सरकार यत्रो जनता कोरोनाले मर्दा यसको जिम्मा कसलाई ?
जनता प्रधानमन्त्री शेरबहदुर देउवासँग प्रश्न गर्ने गर्छन्, प्रधानमन्त्रीज्यु हजूरलाई कर ठूलो कि हामी जनता ठूलो ? अहिले पनि विभिन्न व्यापार व्यवसाय गर्नेहरु स्वास्थ्यमन्त्रीलाई भेटेर प्रलोभनमा पारिरहेका छन् । यसरी व्यापारीहरुको दबाबमा परी स्वास्थ्यमन्त्रीले लकडाउन गर्ने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा नलगेको भन्ने कुरा बुझिन्छ । प्रधानमन्त्रीले काम गर्न नसक्ने अक्षम मन्त्रीलाई हटाएर जनतालाई कोरोना लागेर मृत्यु हुनबाट जोगाउनु नै अहिलेको पहिलो आवश्कता हो । अहिले पनि बाटोमा मुखमा मास्क नलगाई मानिसहरु हिँडिरहेका छन् र यसरी सरकारको मापदण्ड पालना नगरी हिँड्ने मानिसहरुलाई प्रहरीले कारबाही तथा जरिवाना केही पनि गर्दैन ।
अहिले हरेक घरमा जनता रुघाखोकी, ज्वरो आदिका कारण ग्रसित भइरहेका छन् तर पनि वडा र नगरपालिकाले कोरोना चेकजाँच गर्दैन । सरकारले अहिले पनि कोरोना चेकजाँच गरेको पैसा लिने गर्छ जसले गर्दा मानिसहरु पैसा नभएर कोरोना चेक नगर्ने र कोरोना फैलाउदैँ हिंडिरहेका छन् । अब सरकारले कोरोना चेकजाँच निःशुल्क गरी उपचार पनि निःशुल्क गर्न जरुरी रहेको छ ।
यसरी सरकारको लापरबाही र व्यापारीको फाइदाले यत्रो नेपाली जनता कोरोना लागेर मृत्युको मुखमा पुगे तर यसरी कोरोनाबाट मरेका मानिसको आफन्तलाई न सरकारले क्षतिपूर्ति नै त दियो न ती मानिसहरुलाई शहीद घोषणा नै ग¥यो । २०७२ सालको संविधानमा जनताको बाँँच्ने अधिकार स्पष्ट रुपमा लेखिएको छ तर यहाँ त सरकार नै कोरोना फैलाउँदै जनता मार्नै काम गरिरहेको छ । सरकारले नागरिक जन्माउन पनि सक्दैन र कोरोना फैलाएर नागरिक मार्न पनि पाउँदैन । के सरकारले कोरोना फैलाएर जनता मार्न पाइन्छ ?
अहिले दिनहुँ यत्रो कोरोना सङ्क्रमित भेट्दा पनि सरकार लकडाउन नगरी निदाएर बसिरहेको छ । के सरकारलाई जनताको माया छैन । लकडाउन गरेर जनता बचाउने कि कोरोना फैलाएर जनता मार्नै सरकार । लकडाउन गर्न ढिलो भइसक्यो, कोरोना फैलिसक्यो त्यसकारण अब चाहिँ केही सोच्ने हो कि सरकार !

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *