चीनमा मन्त्री खड्काका उपलब्धी

Nayabimarsha (Weekly Newspaper from Nepal)

गोपाल भट्टराई
बेइजिङ÷ चीनको भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काको यो भ्रमण उपलब्धिमुलक रहेको बताइएको छ । यही भ्रमणका दौरान केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चीनले अनुदान सहयोग दिने प्रतिबद्धता जनाएको छ । मन्त्री खड्कासँग चिनियाँ समकक्षी वाङ यीले उक्त प्रतिबद्धता जनाएका हुन् ।

यसअघि चीनकै सहयोगमा उक्त रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन भएको थियो । सन् २०१९ अक्टोबरमा भएको चिनियाँ राष्ट्रपति सी चीनफिङको भ्रमणमा रेलमार्गलाई अघि बढाउने सहमति भएको थियो । खड्काको भ्रमणका क्रममा नेपाल चीनबीच एक दर्जनभन्दा बढी विषयमा सहमति भएकाका कारण मन्त्री खड्का उत्साही भएका छन् । खड्कासँगको द्विपक्षीय वार्ताको क्रममा वाङ यीले १५ अर्ब रुपियाँभन्दा बढी सहयोग गर्ने भनी प्रतिबद्धता जनाएका कारण खड्काृ भ्रमणलाई उपलब्धिमुलक मानिएको हो ।

नेपाल चीनबीच रहेका नाकाहरूलाई सञ्चालन गर्न संयुक्त संयन्त्र बनाउने सहमति पनि भएको छ । चीनले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रासायनिक मलको उद्योग खोल्नको लागि सम्भाव्य अध्ययन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

यसैगरी विद्यार्थीलाई स्वास्थ्य प्रोटोकल अनुसार प्रवेशाज्ञा (भिसा) दिने कुरामा समेत चीन सहमत भएको हो । चीनले उपलब्ध गराउे साढे पाँच करोडभन्दा बढी रुपियाँ नेपालको विपद् व्यवस्थापनको लागि सहयोग गर्ने जनाइएको छ । यसैगरी तीन करोड ७८ लाख रुपियाँभन्दा बढी नेपालको मेडिकल सामग्री र साधनहरूको लागि सहयोग दिने प्रतिबद्धता जनाइएको छ ।
तीन दिने चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री खड्का मङ्गलवार राति चीन प्रस्थान गरेका थिए । मन्त्री खड्काको साथमा ११ सदस्यीय प्रतिनिधि टोली रहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *