खनाललाई मनाउँदै देउवा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं÷ स्थानीय तहको हालै सम्पन्न निर्वाचन परिणामबाट झस्किएका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवा लागि परेका छन् । हालको सत्ता गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा धोका भएको बुझाइमा रहेका खनाललाई बुझाउन चाहिरहेका देउवाले खनाललाई गैर राजनीतिक भेटका अवसरमा खुसुस्क चित्त नदुखाउन भनेको समाचार स्रोतले दाबी गरेको छ ।
खनालको नेतृत्वमा नेपालको चियालाई भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण गराउन गएको प्रतिनिधि मण्डलसँगको कुराकानीको दौरान देउवाले खनाललाई आगामी निर्वाचनसम्म गठबन्धनलाई साथै लाने वातावरण बनाउनुपर्ने भन्ने आशय खनालसँग राखेको पनि समाचार स्रोतले दाबी गरेको छ ।
सो अवसरमा स्वदेशी चिया व्यवसायीको समस्याका विषयमा भएको छलफल भएको थियो । उक्त समस्या राष्ट्रिय समस्या रहेको बताउँदै प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *