रेखालाई राजनीतिक चस्का

Nayabimarsha (Weekly Newspaper from Nepal)

मोरङ/ र्‍याप गायकका रुपमा परिचित बालेन्द्र साह (वालेन) को काठमाडौं महानगरपालिकाको प्रमुखमा विजयसँगै अन्य कलाकारहरुले पनि आफूलाई उम्मेदवार बनाउने होडबाजी गर्न थालेका छन् । वालेनले स्वतन्त्रको रुपमा निर्वाचन जितेको अवस्थामा विभिन्न व्यक्तिहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिने तयारी गरिरहेका कुरा सार्वजनिक भैरहेको छ । यसक्रममा कलाकार रेखा थापाले आगामी संघीय निर्वाचनमा प्रतिनिधिसभाको सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारी थालेकी छिन् । उनले स्वतन्त्र रुपमा नभई राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिने तयारी गरेको समाचार स्रोतले जानकारी दिएको छ ।
राप्रपाकी केन्द्रीय सदस्य समेत रहेकी थापाले मोरङ क्षेत्र नं.३ बाट उम्मेदवारी दिने भएकी हुन् । राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले उनको उम्मेदवारी करिब करिब निश्चित रहेको जानकारी दिएका छन् ।
आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिसिसभा सदस्यको निर्वाचनमा उनले उम्मेदवारी दिएका खण्डमा त्यसले निर्वाचनमा के कस्तो असर पार्ला भनी यहाँका जनतामा चर्चा चल्न थालेको छ । त्यसो त सत्तारुढ दलहरुको गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा. सुनिल शर्माले उक्त क्षेत्रमा उम्मेदवारी दिने चर्चा चलेको छ । यसअघि नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा गठबन्धन हुँदा शर्मा २०७४ सालमा एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए । झिनो मतले पराजित भएका शर्माले आफूलाई क्षेत्रको सामाजिक काममा समेत लगाई निर्वाचनको तयारी गरिरहेको अवस्थामा गत स्थानीय तहको निर्वाचन परिणामले सो क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई जित निकाल्न सहज हुने प्रक्षेपण गरिएको छ । यस्तो अवस्थामा कलाकार रेखा थापाको उम्मेदवारी परेको अवस्थामा त्यसले कस्तो असर पार्ला भनी मतदाताहरुका बीचमा चर्चा चल्न थालेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *