नापतौलमा ठगी गर्ने कारबाहीमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ व्यापारी वर्गले विभिन्न किसिमबाट ठगी गर्ने कार्यमा बढोत्तरी भएको छ । गुणस्तरहीन सामान बेच्ने, महंगोमा बेच्ने कार्यहरुमात्र नभई नापतौलमा समेत ठगी गर्ने कार्यमा बढोत्तरी भएपछि नेपाल नापतौल तथा गुणस्तर विभागले यसको नियन्त्रणका लागि प्रयास थालेको छ ।
विभागले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीको निगरानी बढाएको जनाएको छ । विभागले आर्थिक वर्ष २०७८÷७९ को अवधिमा अनियमित रुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी देशभर ठगी गर्ने व्यापारीहरुलाई कारबाहीको दायरामा ल्याएको छ । यसरी उपभोक्तालाई ठगी गर्ने १९ हजार १४ जना व्यापारीलाई सो अवधिमा कारबाही गरिएको विभागले जनाएको छ ।
काठमाडौँबाट आठ हजार आठ सय ५१, पोखराबाट एक हजार छ सय ७९, बुटवलबाट एक हजार ६४, नेपालगञ्जबाट एक हजार ५०, सुर्खेतबाट चार सय नौ जना व्यापारी कारबाहीमा परेका भनी विभागले जनाएको छ । यसैगरी धनगढीबाट एक हजार ६७, सिलगढीबाट एक सय ७४, वीरगञ्जबाट एक हजार दुई सय ५१, जनकपुरबाट एक हजार एक सय ३९, विराटनगरबाट एक हजार चार सय ८५ र झापाबाट आठ सय ४५ व्यापारीलाई कारबाही गरिएको जानकारी विभागले दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *