कांग्रेसका प्रभावशाली नेता समानुपातिकमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत गत असोज ३ गते समानुपातिक टिकटतर्फ उम्मेदवारको सूची काँग्रेसले बुझाएको छ । २०७४ सालमा समानुपातिक रोजेका सांसदहरुलाई काँग्रेसले यस पटक नदोहो¥याउने भएपछि कि त प्रत्यक्षतर्फ निर्वाचनमा उठ्नुपर्ने कि बाहिरै बस्नुपर्ने अवस्था आएको छ । पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल हुँदा पनि काँग्रेसका हेभिवेट नेताहरुले समानुपातिक रोज्नुलाई लाछीको संज्ञा दिइएको छ ।
काँग्रेसको समानुपातिक सूचीमा नेताहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, आरजु राणा देउवा, अर्जुननरसिंह के.सी., रामशरण महत, आनन्दप्रसाद ढुंगाना, फरमुल्लाह मन्सुर, जीवन परियार र अम्बिका बस्नेत रहेका छन् । आगामी संसदमा यिनीहरुको अनुहार देख्न पाइने भएको बताइन्छ । नेतृ राणा प्रत्यक्ष निर्वाचनमा उठ्न पाँच ठाउँबाट सिफारिस भएकी थिइन् ।
समानुपातिक रोजेका उपरोक्त काँग्रेसका नेताहरु प्रधानमन्त्री बन्न पाउने छैनन् । नेतृ राणालाई कैलालीमा सिद्धराज ओझा, नेता श्रेष्ठलाई स्याङ्जामा काँग्रेसीहरुबाटै खतरा र निधिलाई एमालेकी जुली महतो र लोसपाका नेता राजेन्द्र महतोको चेपुवामा पर्ने डरले समानुपातिक रोजेको काँग्रेस वृत्तमा चर्चा चलेको छ । हेभीवेट काँग्रेस नेताहरु समानुपातिमा ‘प्याक’ भएपछि कार्यकर्ताहरुले यिनीहरुलाई हुतीहाराको बिल्ला भिराएका छन् ।
२०७४ सालको समानुपातिक तर्फबाट सांसद बनेका चर्चित नेताहरु बालकृष्ण खाँण, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, विनोद चौधरी, सीतादेवी यादव, डिला संग्रौला, पुष्पा भुषाल, उमेश श्रेष्ठ, चित्रलेखा यादव, जिपछिरिङ लामा, किशोरसिंह राठोर, उमा रेग्मी र मीना पाण्डे लगायत ४० जना समानुपातिकमा बस्न नपाउने भएका छन् ।
यिनीहरुमध्ये चौधरी, कोइराला, बडु, भुषाल र लामाले प्रत्यक्ष तर्फको निर्वाचनमा उठ्ने बताइएको छ । यी बाहेक काँग्रेसका अरु छजना सहमहामन्त्रीहरु महालक्ष्मी डिना उपाध्याय मकवानपुर–१, बद्री पाण्डे बाजुरा, उमाकान्त चौधरी (खानेपानी मन्त्री) बारा–१, किशोरसिंह राठौर बर्दिया क्षेत्र नं. २, भीष्मराज आङदम्बे पाँचथर र महेन्द्र यादव धनुषा–४ बाट चुनाव उठ्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *