टेलिकमका एमडी कमिशनको आहालमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर / सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल टेलिकमका जानकार लोकतन्त्रवादी र अनुभवी व्यक्तिहरुलाई पाखा लगाएर प्रबन्ध निर्देशक बनाएका व्यक्ति हुन्– सुनिल पौडेल ।
विवादास्पद वामपन्थी पृष्ठभूमिका र एमाले नेता गोकुल बास्कोटाका प्रिय एवं विश्वासिला व्यक्ति पौडेललाई मन्त्री कार्कीले मोटो दक्षिणा बुझाएपछि टेलिकममा भित्र्याएका बताइएको छ । यिनै पौडेलले अहिले टेलिकममा कमिशनका लागि आर्थिक चलखेल गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको टेलिकम स्रोतले बताएको छ । पौडेलले आइपीटी र आइपिएलसी व्याण्डविथ भाडामा खरिद गर्ने सम्बन्धमा आर्थिक चलखेल गरेको आरोप लगाइएको छ ।
सञ्चारमन्त्री कार्कीलाई चुनावी खर्च समेत व्यवस्था गर्ने शर्तमा एमडी बनेका पौडेलले नयाँ टेण्डर नखोली पुरानो सप्लायर्सलाई नै करोडौं कमिशन लिएर एक वर्ष म्याद थपेको बताइएको छ । कमिशनको लोभमा ¥याल चुहाउँदै फड्के किनाराको साक्षी बस्नेहरुमा प्रतिभा वैद्य, देवेन्द्र खतिवडा र विमल आचार्य रहेको स्रोतले बताएको छ ।
छ अर्ब रुपियाँ बढीको व्याण्डविथ खरिद गर्दा टेण्डर नै आव्हान नगरी खुसुक्क गरिएपछि टेलिकममा अख्तियार पस्ने भएको छ । टेलिकम आर्थिक अनियमितता र भ्रष्टाचारको अखडा बनेको छ तैपनि अख्तियार दुरुपयोग अनुसन्धान मौन रहनुलाई अर्थपूर्ण ठानिएको छ । अप्टिकल फाइबरदेखि टेलिफोन टावर निर्माणमा टेलिकम भित्र ब्रम्हलुट भैरहेको जानकारहरुले बताएका छन् । मन्त्री कार्कीलाई पैसा बुझाएपछि सुनपानी छर्केर वामपन्थीहरुलाई चोख्याउँदै आइरहेको स्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *