रुषा थापा
विहीवार दिउँसोको करिब २ बजे काठमाडौँको थापाथली अस्पताल बाहिर थापाथली अस्तपालबाटै सुस्तेरी महिलालाई डिस्चार्ज गरेर आफ्नो घर वा कोठामा लैजान दुई जना मानिसहरु ट्याक्सी खोजीरहेका थिए । त्यस्तै यता अर्को दुईजना पनि ट्याक्सी खोजी नै रहेका थिए । सुस्तेरीसँगै रहेका एक मानिसलाई नयाँ बानेश्वरको शान्तिनगर जानु थियो भने अर्कोलाई नक्साल जानुपर्ने थियो ।
त्यहाँ तीन ओटा ट्याक्सी पार्किङमा बसिरहेका थिए तर तीनओटै ट्याक्सीले मिटरमा यात्रु लैजान मानेनन् । यता, थापाथलीबाट नक्साल गएको सात सय र उता थापाथलीबाट शन्तिनगर गएको आठ सय रुपियाँ माग्ने कार्य ती ट्याक्सीचालकहरुले गरिरहेका थिए ।
यसरी ट्याक्सी चालकहरु बिरामीसँग भाडाको मोलमोलाइ गरिरहेका थिए । बिरामीका आफन्तहरु मिटरमा लैजानुस् न भनेर आग्रह गरिरहेका थिए । त्यस्तै यता ट्याक्सी खोजिरहेका मानिसहरु पनि त्यो सबै सुनेर वा हेरेर नै बसिरहेका थिए । थापाथलीबाट नयाँ बानेश्वर शान्तिनगर बढीमा चारदेखि पाँच किलोमिटरसम्म रहेको छ तर मिटरमा जाँदा तीन सयदेखि तीन सय ५० रुपियाँसम्म उठ्ने ठाउँमा ट्याक्सी चालकले पहिले आठ सय मागे ।
सरकारले ट्याक्सीको निर्धारण गरेको भाडादर प्रति किलोमिटर ५० रुपियाँ रहेको छ र यात्रु ट्याक्सीमा चढ्नेबित्तिकै ५० रुपियाँ लिइन्छ । त्यस्तै यता नक्साल जाने बाटो पनि त्यति नै रहेको छ तर ट्याक्सी चालकहरुले यात्रुलाई यसरी ठगिरहेका छन् । सुस्तेरीहरु अस्पतालबाट डिस्चार्ज भएर घर जानका लागि बाटोमा बच्चा बोकेर ट्याक्सी कुरेर उभिनै नसक्ने अवस्थामा पुग्दा समेत ट्याक्सीहरु मिटरमा यात्रु लैजान मान्दैनन् ।
यसरी ट्याक्सी चालकले मिटरमा लैजान नमानेपछि र अन्य ट्याक्सी पनि नपाएपछि ती मानिसहरु आठ सयको ठाउँमा छ सय र सात सयको ठाउँ पाँच सय तिरेर गए । ट्याक्सीले यसरी खुल्ला रुपमा बाटोमा यात्रुसँग भाडाको बारेमा मोलमोलाई गरिरहँदा पनि ट्राफिक प्रहरी भने टुलुटुलु हेरेर नै बसिरहेका थिए ।
यो त एउटा उदाहरण मात्र हो तर सबै अस्पतालको अगाडि ट्याक्सीहरु पार्किङ गरेर बसिरहेका हुन्छन् तर मिटरमा वा नजिक जान कोही मान्दैनन् । बाटोमा ट्याक्सीलाई यात्रुले रोक्दा वा ट्याक्सीमा चढ्दा पनि ट्याक्सीले मिटरमा यात्रु बोक्न मान्दैनन् र ट्याक्सी चढेको यात्रुसँग पनि भाडाको मोलमलाई गर्ने गर्छन् ।
यो त हरेक चोकचोकमा देखिन्छ वा भेटिन्छ तर ट्राफिक प्रहरीहरु भने ट्याक्सीले यात्रुलाई यसरी ठग्दा पनि चुपचाप नै हुन्छन् । यता पठाऊ मार्फत ट्याक्सी बोलाएमा शुरुमै एक सय ७७ रुपियाँ तिर्नुपर्छ र भाडा पनि महंगो नै तिर्नुपर्छ । सरकारले निर्धारण गरेको ट्याक्सीको भाडादरमा शुरुमै ५० रुपियाँभन्दा बढी लिन पाइँदैन तर पठाऊले शुरुमै एक सय ७७ रुपियाँ लिन्छ ।
यता भाडा निर्धारण गर्ने समयमा बाटो लामो देखाइन्छ तर यात्रु लैजाने समयमा छोटो बाटोबाट लगिन्छ । पछिल्लो समय ट्याक्सी व्यवसायीहरुले मागेजति भाडा नै सरकारले बढाएको छ । शुरुमा पहिला ट्याक्सी चढ्दा १४ रुपियाँ आउन्थ्यो तर अहिले भाडा बढाएर ५० रुपियाँ बनाइएको छ । पहिला प्रत्येक किलोमिटर ३९ रुपियाँ थियो तर अहिले ५० रुपियाँ पु¥याइएको छ ।
सरकारले २०७९ बैशाख १ गतेदेखि नै ट्याक्सीको भाडादर वृद्धि गरिदिएको छ तर सरकारले बढाएको भाडादरमा पनि ट्याक्सी व्यवसायीहरुले यात्रु बोकेका छैनन् र मिटरमा यात्रु लग्दैनन् । दिउँसै ट्याक्सी व्यवसायीहरुले यात्रुसँग यसरी भाडाको बारेमा मोलमोलाइ गर्दा पनि यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखा निरीह भएर बसिरहेको छ ।
दिउँसै त ट्याक्सीहरुले सर्वसाधारणलाई यसरी ठग्छन् भने राति त झन् लुट्छन् । रातको समयमा त पाँच सयको बाटोमा एक हजार पाँच सय रुपियाँ लिन्छन् । रातिको ९ बजेदेखि बिहानको ४ बजेसम्म ट्याक्सीले कम्तीमा डेढा हान्छन् । अहिले १ किलोमिटर बाटोको लागि ट्याक्सी चढ्नु परेमा हजार रुपियाँ तिर्नुपर्छ । सर्वसाधारण वा विदेशीहरुलाई नै ट्याक्सी चढ्न नपरोस् जस्तो लाग्छ ।
भएका ट्याक्सी पनि सबै कबाडी रहेका छन्, ट्याक्सी चढ्दा विभिन्न आवाज आउँछ । अहिले संचालनमा रहेका ट्याक्सी सबै सात सय ९६ सिसिको मारुती रहेका छन् । ट्याक्सीमा चढ्दा विभिन्न चिजहरु गनाउने र वान्ता नै आउने गर्छ । अहिले बाटामा गुडिरहेका ट्याक्सीहरुबाट विदेशी वा स्वदेशीले नै सेवासुविधा पाएका छैनन् तर भाडा भने महंगो तिर्नु परिरहेको छ ।
संचालनमा रहेका ट्याक्सीहरुले अहिले यात्रु बोकेर उपत्यका बाहिरी जिल्लामा जान सक्दैँनन् । सर्वसाधारणले ट्याक्सीमा भएको बेथिति, एकाधिकार, ठगीधन्दाहरुका बारेमा पटकपटक सरकारसमक्ष गुनासो गर्दा पनि सरकार सुन्दैन । भक्तपुर जिल्ला उपत्यकाभित्र पर्छ तर बिरामी भएको समयमा वा आपत परेको समयमा यहाँ ट्याक्सी पाइँदैन । भक्तपुरमा त ट्याक्सी पाइँदैन भने अन्य जिल्लामा कसरी ट्याक्सी पाइन्छ ?
त्यस्तै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोटका जनताले त ट्याक्सी नै देखेका छैनन् भन्दा पनि हुने अवस्था छ । बाग्मती प्रदेशमा १३ वटा जिल्ला रहेका छन् तर यी जिल्लामै ट्याक्सी पाइँदैन । त्यसैले बिरामी हुँदा यहाँका जनता एक किलोमिटरको बाटोमा दुई हजार रुपियाँ तिरेर निजीप्लेटको गाडीमा अस्पताल जान्छन् ।
सरकारले पनि नयाँ ट्याक्सीको दर्ता नखुलाउँदा जनता मारमा परेका छन् । यदि सरकारले नयाँ ट्याक्सीको दर्ता खोलेमा जनतालाई सहुलियत हुन्छ । कालोप्लेटको वा भाडाको गाडीको ६÷६ महिनामा रोडपर्मिेट, जाँचपास गर्नुपर्छ, घरेलु÷कम्पनीमा जानुपर्छ र पञ्जीकरण गर्नुपर्छ । यो निजीप्लेटको गाडीले न रोडपर्मिेट वा जाँचपास नै गर्छ न घरेलु तथा कम्पनीमा नै जान्छन् न पञ्जीकरण नै गर्छन् ।
यिनीहरुले राज्यलाई सुको कर तिर्देनन् तर जनतालाई भने महंगो पैसा लिएर ठग्छन् । सरकारले नयाँ ट्याक्सीको दर्ता नखुलाउँदा ट्याक्सी व्यवसाय र निजीप्लेटका गाडीहरुको ठगीधन्दा मौलाएको छ । ट्याक्सी व्यवसायीहरु आपूm पनि सस्तोमा जनतालाई सेवा दिँदैनन्, सरकारलाई नयाँ ट्याक्सीको दर्ता पनि खुलाउन दिदैँनन् र सिण्डिकेट लगाउँछन्, बाटो कब्जा गर्छन् अनि जनता ठग्छन् ।
२०४७ सालमा गाडी बेच्ने कम्पनीसँग दुई लाख रुपियाँमा नयाँ गाडी किनेर ट्याक्सीमा दर्ता गराएर चलाएको, आफैँले चलाएर वा भाडामा लगाएर करोडौँ रुपियाँ कमाए तर अहिले पनि ती ट्याक्सीको स्क्राइप गरेको नम्बर प्लेट रु.१३ लाखमा बिक्री हुन्छ । २०४७ सालदेखि २०७९ सालसम्मै ट्याक्सीको संख्या बढेको छैन तर जनसंख्या भने बढेको बढ्यै छ ।
एउटै ट्याक्सी व्यवसायीले ३२ वर्षसम्म व्यवसाय गरिसकेका छन् र अब फेरि २० वर्षे ट्याक्सीको स्क्राइप गरेको नम्बरप्लेटमा गाडी किनेर ट्याक्सीमा दर्ता गर्छन् र व्यवसाय गर्छन् । यसरी एउटै व्यक्तिले ५२ वर्षसम्म व्यवसाय गर्छन् । ट्याक्सीको संख्या पनि बढ्दैन, नयाँ व्यवसाय पनि आउन पाउँदैन र खुल्ला प्रतिस्पर्धा पनि हुन पाउँदैन ।
जनताले सरकारसमक्ष नयाँ ट्याक्सीको दर्ता खुलाउन माग गरे पनि सरकार ट्याक्सी व्यवसायीसँग डराउँछ । ट्याक्सी व्यवसायी सरकारलाई धम्की दिन्छन्, यदि सरकारले नयाँ ट्याक्सीको दर्ता खोलेमा हामी सबै ट्याक्सी थन्काउँछौँ र चाबी सरकारलाई बुझाउँछौँ भन्दै उनीहरुले थर्काउने गर्दा सरकार पनि डराएर बसेको महसुस हुन्छ । यसरी आन्दोलन गछौँ भनेर सरकारलाई धम्की दिने ट्याक्सी व्यवसायीको सरकारले न रोडपर्मिेट नै खारेज गर्न सक्छ न दर्ता ।
बाटो सरकारको हो तर सरकारकै बाटोमाथि यिनीहरुले आफ्नो दादागिरी मचाइरहेका छन् । अहिले यात्रु ट्याक्सीमा गएर चढ्नेबित्तिकै ५० रुपियाँ आउँछ र ५० को दरले यात्रुले ट्याक्सी व्यवसायीलाई दिनहुँ पाँच करोड रुपियाँ सेवाशुल्क तिर्नुपर्छ । यो ५० लाई हटाएर शून्यबाट र प्रत्येक किलोमिटर ५० को साटोमा २० रुपियाँमा चलाउँछु भन्दा पनि सरकार ट्याक्सीको नयाँ दर्ता खुलाउँदैन ।
सरकारले नयाँ ट्याक्सीको दर्ता नखुलाउँदा राज्यको ढुकुटीमा राजश्व पाएन, ट्याक्सीको संख्या थपेन, यात्रुलाई सहुलियत भएन, नयाँ व्यवसायी आउन पाएनन् र यात्रुले पनि महंगो पैसा तिरेर राम्रो ट्याक्सी चढ्न पाएनन् । सरकारले नयाँ ट्याक्सीको दर्ता खोलेमा सित्तैमा नम्बरप्लेट पाइन्छ र २० वर्षे पुरानो ट्याक्सीको स्क्राइप गरेको नम्बरप्लेट रु.१३ लाख हालेर किन्नु पर्दैन ।
अहिले ट्याक्सी किनेर व्यवसाय गर्छुभन्दा गाडीको रु.२५ लाख र नम्बरप्लेटको रु.१३ लाख पर्छ तर सरकारले नयाँ ट्याक्सीको दर्ता खोलेमा रु.२५ लाखमै व्यवसाय शुरु गर्न पाइन्छ । यता, त्यो नम्बरप्लेट किन्दा रु.१३ लाख हालेको पनि यात्रुसँगै भाडा बढाएर लिइन्छ । दिनमा हजारौँ मानिसहरु रोजगारीको खोजीमा विदेश गइरहेका छन् तर सरकारले नयाँँ ट्याक्सीको दर्ता ७ वटै प्रदेशमा खोलेमा यसरी विदेश जानु पर्दैन थियो कि !
देशैभरि हरियोप्लेट वा कालोप्लेटको ट्याक्सीको ३५ वर्षदेखि नयाँ दर्ता बन्द रहेको छ तर जनसंख्या भने बढि नै रहेको छ । उपत्यकामा नौ हजार ट्याक्सी रहेका छन् तर जनसंख्या ५० लाख नाघेको छ । अहिले भएका ट्याक्सीको रोडपर्मिेट उपत्यकाभित्र मात्रै रहेको छ तर अब सरकारले एक प्रदेशभित्रका सबै जिल्लामा जाने गरी ट्याक्सीको रोडपर्मिेट बढाउनुपर्छ ।
ट्याक्सी दिउँसै यात्रु बोकेर चक्रपथ बाहिर जान मान्दैन । २०६९ साल माघ महिनामा संचालनमा रहेका ट्याक्सी जनतालाई सेवा दिन नसक्ने भएकाले ट्याक्सीको नयाँ दर्ता खुलाउनुपर्छ भनेर सानोठूलो बाग्मती यातायात कार्यालयले माग गरेको थियो । वर्षेपिछे ट्याक्सीको नयाँ दर्ता खुलाउन पनि माग गरिएको थियो ।
सरकारले नयाँ ट्याक्सीको दर्ता खुलेमा दैनिक हुने कमाइ र खरिदबिक्री मूल्य घट्ने भनेर ट्याक्सी व्यवसायीहरुले सरकारलाई दबाब दिएर ट्याक्सीको नयाँ दर्ता खुल्न दिएनन् । सरकार भन्छ, सिण्डिकेट हट्यो तर अहिलेसम्म नयाँ ट्याक्सीको दर्ता खुलिएको छैन । ट्याक्सी व्यवसायीले सरकारलाई चलाएको छ र सरकार व्यवसायीको अगाडि लम्पसार परिरहेको छ ।
अहिले संचालनमा रहेका ट्याक्सीहरुले दुर्घटना, प्रदूषण र ट्राफिक जाम बढाइरहेका छन् । विकसित देशहरुमा लक्जरी ट्याक्सी संचालनमा छन् तर हाम्रो नेपालमा थोत्रा, कबाडी वा मारुती ट्याक्सी संचालनमा छन् । अहिले मिटरजडान वा मिटरबाट चल्ने बजारमा ट्याक्सी मात्र रहेका छन् । यसले गर्दा ट्याक्सीको एकाधिकार कायम नै छ । सर्वसाधारणले ट्याक्सीले भने जति रकम नतिरेमा ट्याक्सी नै चढ्न पाउँदैनन् ।
सरकारले तीन पाङ्ग्रे मिटरजडान फो स्टक ट्याम्पोको पनि दर्ता खोलेको छैन । यदि सरकारले यो ट्याम्पोको दर्ता खोलेमा ट्याक्सी नजाने बाटोमा ट्याम्पो जाछ र नजिककै बाटोसम्म पनि लैजान्छ । जनतालाई पनि सहुलियत हुन्छ र ट्याक्सीको एकाधिकार वा दादागिरी पनि अन्त्य हुन्छ । जनताले सरकारसमक्ष माग गर्छन्, फो स्टक मिटरजडान ट्याम्पोको दर्ता खोल्नुपर्छ ।
अहिले ट्याक्सी चढ्नेबित्तिकै ५० आउँछ तर ट्याम्पो हामी शून्यबाट चलाउँछ र प्रत्येक किलोमिटर १० रुपियाँबाट चलाउँछौँ भन्दा पनि सरकार ट्याम्पोको नयाँ दर्ता खुलाउँदैन । यदि सरकारले फो स्टक ट्याम्पोको दर्ता खोलेमा राज्यलाई पनि राजश्व आउँछ, नयाँ व्यवसाय आउन पाउँछन् र जनतालाई पनि सहुलियत हुन्छ । विभिन्न विकसित देशमा फो स्टक ट्याम्पो संचालनमा रहेका छन् तर उपत्यकामा चैं सरकार किन यो ट्याम्पोको दर्ता खोल्दैँन ? यसको दर्ता खोलेमा त जनतालाई राहत हुन्छ नि त ।
पैसा हुने ट्याक्सी र पैसा नहुने ट्याम्पो त चढ्न पाउँछन् । अहिले त ट्याक्सी भाडा महंगो भएकाले आर्थिक कमजोर भएकाहरु अस्पताल जाँदा वा आपत पर्दा पनि हिँडेर वा भाडाका गाडीमा जानेआउने गर्छन् । याताायत व्यवस्था विभाग, यातायात मन्त्रालय र प्रदेश सरकार यो कुरा बुभ्mदैँन त सञ्चारकर्मीहरु पनि किन फो स्टक ट्याम्पोको दर्ता नखोलेको भनेर सरकारलाई सोध्दैँनन् । सरकारले नयाँ ट्याक्सीको दर्ता नखुलाउँदा ट्याक्सी व्यवसायीलाई फाइदैफाइदा तर करोडौँ जनता र राज्यलाई घाटैघाटा । सरकारको आँखा कहिले खुल्छ र जनताले कहिले सेवासुविधा पाउँछन् !