रेमिट्यान्समा नेपालको भर

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपालले यस वर्ष (सन् २०२२) साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याउने अनुमान गरिएको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ’ प्रतिवेदन अनुसार उक्त अनुमान गरिएको हो ।
गत वर्ष आठ अर्ब २० करोड अमेरिकी डलर बराबर रेमिट्यान्स नेपालमा भित्रिएको थियो । यस वर्ष साढे आठ अर्ब अमेरिकी डलर भित्र्याउने अवस्था आएको भनी चर्चा चलेको छ । यस्तो अवस्थाले कूल गार्हस्थ्य उत्पादन (जिडिपी) आकारको तुलनामा बढी रेमिट्यान्स भित्र्याउने मुलुकमा नेपाल अग्रस्थानमा परेको छ। नेपालले सन् २०२२ मा कूल जिडिपीको २२ प्रतिशत बराबर रेमिट्यान्स आर्जन गर्ने अनुमान विश्व बैङ्कले गर्दा त्यस्तो भएको हो ।
उक्त प्रतिवेदन अनुसार सन् २०२२ मा विश्वव्यापी रेमिट्यान्स प्रवाहको वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अपेक्षा विश्व बैङ्कले गरेको छ । सन् २०२१ मा विश्वभर पछिल्लो एक दशकयताकै उच्च रेमिट्यान्स परिचालन भएको पनि प्रतिवेदनमा उल्लेख छ । कोभिड महामारी, रुस–युक्रेन युद्ध, विश्वभर देखिएको मूल्यवृद्धि लगायत समस्याको असर आप्रवासी कामदार र रेमिट्यान्समा पनि देखिएको प्रतिवेदनमा उल्लेख छ ।
यसरी रेमिट्यान्सको भरमा मुलुक चल्नु भनेको सुखद पक्ष होइन भनी अर्थविद्हरुले आपत्ति प्रकट गर्न थालेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *