ग्लोबल आइएमई बैंकको मर्जरलाई मान्यता

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले दुवै बैंकलाई गाभ्ने गाभिने (मर्र्जर) सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरुपमा पारित गरेको हो ।
साधारणसभाले ती बैंकहरु गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको जनाउँदै शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी अन्य प्रकृया पूरा भइसकेको बताइएको छ । साधारणसभाले बैकको अधिकृत पु‘जी २५ अर्ब रुपियाँलाई वृद्धि गरी ५० अर्ब रुपियाँ पु¥याउने प्रस्तावलाई समेत पारित गरेको छ ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७८÷७९ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको तीन प्रतिशत बोनश शेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पनि पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन मुनाफा सात अर्ब १८ करोड रुपियाँ र कर पछिको मुनाफा चार अर्ब ९५ करोड रुपियाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपियाँ पुग्ने बताइएको छ । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । उनले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए । उनले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको समेत बताए ।
आर्थिक वर्ष २०७८÷७९ मा बैंकको खुद व्याज आम्दानी तर्फ गत वर्षभन्दा एक अर्ब १५ करोड रुपियाँले बृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत बर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई चार अर्ब ९५ करोड रुपियाँ कायम भएको छ । हाल बैंकले दुई खर्ब ८९ अर्ब रुपियाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै दुई खर्ब ७३ अर्ब रुपियाँभन्दा बढी कर्जा लगानी गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । दुई सय ९२ शाखा सञ्जाल तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित आठ सय ९० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा तीन हजारभन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब ३० लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *