बाटो अतिक्रमण गर्नेलाई संरक्षण !

Nayabimarsha (Weekly Newspaper from Nepal)

सर्लाही/ सार्वजनिक बाटोमाथि आलिसान बंगाल बनाएर भोगचलन गरेको एक वर्ष वितिसक्दा पनि लालबन्दी नगरपालिका मूकदर्शक देखिएको भनी स्थानीयबासी रुष्ट बनेका छन् । नापी कार्यालयको अभिलेखमा समेत स्पष्ट रुपमा सार्वजनिक बाटो कायम रहेको देखिए पनि सो बाटो संरक्षणका लागि नगरपालिकाले कुनै पहल नगरेको भनी स्थानीयबासी रुष्ट भएका हुन् ।
लालबन्दी नगरपालिका हाल वडा नं.६ स्थित साबिकको पत्थरकोट (हाल भट्टराई टोल) स्थित कित्ता नं.९९७ को सार्वजनिक बाटो मिचेर घर निर्माण शुरु नहुँदै केही स्थानीयबासीहरुले सो सार्वजनिक बाटो संरक्षण गरिदिनका लागि पटक पटक ध्यानाकर्षण समेत गराएका अवस्थामा समेत नगरपालिका मूकदर्शक बनेको आरोप लगाइएको छ । नगरपालिकाको बेवास्ताका कारण विष्णुप्रसाद भट्टराईले सो सार्वजनिक बाटो मिचेर पाँच तले भवन बनाई छाडेको भनी स्थानीयबासी गुनासो गर्दछन् ।
भट्टराई नेपाल सरकारका पूर्व कर्मचारी समेत हुन् । उनले सार्वजनिक बाटो, त्यसमाथि अवैध रुपमा भवन निर्माण गर्दा समेत नगरपालिकाले कारबाही गर्नुको साटो उनकै संरक्षण गरेको देखिएको भनी स्थानीय राम शर्मा बताउँछन् । भट्टराईले सार्वजनिक बाटो मिचेको विषयमा विभिन्न मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परे पनि आयोगले समेत कानमा तेल हालेको भन्ने गुनासो स्थानीयको छ । याँ भवनलाई कीर्ते कागज बनाएर पुरानो घर भन्दै अभिलेखीकरण गरिएको भनी अख्तियारलाई समेत छल्ने रणनीति अपनाएको नगरपालिकाले अतिक्रमण गरी मापदण्ड विपरित बनाइएको नयाँ भवनलाई कीर्ते कागज बनाएर पुरानो घर भन्दै अभिलेखीकरणमार्फत वैधानिकता दिने काम गरेको समाचार स्रोतले दाबी गरेको छ । अख्तियारले चित्त बुझ्दो जवाफ नआएको पत्र पठाएपछि अहिले नगरपालिकाले अख्तियारलाई आफैँले छानविन गर्न पत्र पठाएको बताइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद–७ को व्यवस्था तथा भवन निर्माण मापदण्ड अनुसार जुनसुकै नगरपालिकाभित्र घर निर्माण गर्दा अनिवार्य रुपमा नक्सा पास गराउनुपर्ने कानूनी व्यवस्था छ । कानून अनुसार भवन बनाउनु अगावै नक्सा पास गर्नुपर्ने हुन्छ तर, नगरपालिकाका प्रमुखको आशीर्वाद पाएसँगै भट्टराईले उक्त भवन निर्माण सम्पन्न भइसकेपछि मात्र नक्सा पास गरेका बताइएको छ ।
यस विषयमा अख्तियारमा उजुरी परेको र कर्मचारी फस्ने भएसँगै कर्मचारी जोगाउने प्रपञ्च रचेर उक्त नक्सा पासको विवरण अभिलेखबाट हटाएर अभिलेखीकरण भनी जोगाउन खोजिएको समेत समाचार स्रोतले दाबी गरेको छ । यस विषयमा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले सार्वजनिक बाटोको संरक्षण गर्नुको साटो आपूmलाई केही थाहा नभएको भन्दै पन्छिने गरेका छन् । स्थानीय भट्टराईले घर निर्माण शुरु गरेसँगै उक्त विषयमा पटक पटक सार्वजनिक बाटो अतिक्रमण भयो भनेर नगरपालिकामा उजुरी परिसकेको भएपनि उक्त उजुरी उपर नगरपालिकाले हालसम्म आलटाल गर्नुले नगरपालिकाको जनप्रतिनिधि र कर्मचारीहरुको समेत मिलेमतो रहेको आशंका गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *