पुनः मतदानको माग

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले आफ्नो पराजयलाई नस्वीकारी त्यसको विरुद्धमा कानूनी उपचारमा गएका छन् । उनले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।
रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग गरिएको छ । संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित सङ्घीय संसद् सचिवालय विपक्षी बनाएको खनालको सचिवालय स्रोतबाट जानकारी प्राप्त भएको छ ।
उक्त निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) का महेश बस्नेतले २५ हजार सात सय ५३ मत प्राप्त गरी विजयी भएका भनी आयोगले प्रमाणपत्र दिएको छ । उता, नेता खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए । त्यसो त मतगणनाकै समयमा पटक पटक कैफियत भएको भन्दै नेता खनालले मतगणना रोकी पुनः मतदानको माग गरेका थिए । खनालको मागलाई कुनै सुनुवाइ नभएको अवस्थामा उनी अदालतको शरणमा आएका बताइएको छ । खनालले निर्वाचन परिणाम आउनु पूर्व नै आफ्नो मागलाई अघि सारेको तथा अदालतले समेत रिट निवेदनलाई स्वीकारेको अवस्थालाई खनालको मागमा दम रहेको भनी चर्चा चल्ने गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *