रविविरुद्ध रिट दायर

Nayabimarsha (Weekly Newspaper from Nepal)

चितवन/ प्रतिनिधिसभा सदस्यमा चितवन क्षेत्र नं.२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । लामिछानको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै युवराज पौडेलले रिट दर्ता गरेको सर्वोच्च अदालतले जनाएको छ ।
लामिछानेविरुद्ध निर्वाचन आयोगमा पनि उनले उजुरी गरेका थिए । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको बताइएको छ । आयोगले यो उजुरी तामेलीमा राखेको छ । लामिछानेले निर्वाचित भएको प्रमाणपत्र पाइसकेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *