सडकमा तीनजना सिडिई सु.ई.मा बढुवा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत २०७९ पुस १० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागमा कार्यरत तीनजना सिडिई (सिनियर डिभिजनल इन्जिनियर)हरु सु.ई. (सुपरिटेण्डन्ट इन्जिनियर) मा बढुवा भएका छन् । प्राविधिक सहसचिव इन्जिनियरिङ्ग सेवा, सिभिल समूह हाइवे–उपसमूह रा.प. प्रथम श्रेणीमा बढुवा भएका सिडिईहरुमा अर्जुन अर्याल, विनोद मौवार र अजय मूल रहेका छन् ।
बढुवा भएका सिडिईहरुले आगामी माघ १४ गते ३५ दिन पुगी माघ १५ गते नियुक्ति बुझ्ने बताइएको छ । यसैगरी निकट भविष्यमै अन्य तीनजना सिडिईहरु ज्ञानेन्द्र झा, बेलबहादुर भुजेल र राजेन्द्रप्रसाद दास पनि सुईमा बढुवा हुँदैछन् । बढुवा हुने सिडिईहरु ०६६ र ०६७ सालका डिभिजनल इन्जिनियरहरु छन् ।
सुईमा बढुवा भएका र बढुवा हुने लाइनमा रहेकाहरुलाई भर्खरै नियुक्ति भएका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले कसरी व्यवस्थापन गर्लान् भन्ने चर्चा चलेको छ । हाल हुलाकी सडक निर्देशनालय सूर्य विनायक–धुलिखेल, बर्दीवास सडक र टनेल मार्ग गरी तीनवटा सु.ई. पद खाली छ । यी ठाउँहरुमा शक्तिकेन्द्रको आडमा प्राविधिक उपसचिव सिडिईहरुले जिम्मेवारी सम्हाल्दै आइरहेका छन् ।
टनेलमार्ग र सूर्यविनायक बर्दीवास सडकभन्दा हुलाकी सडक आयोजना आर्थिक हिसाबले आकर्षक रहेको सडकका जानकारहरुले बताएका छन् । सडकका डिभिजन र योजना कार्यालयहरुमा ठेकेदारहरुसँग मिलेर हुने गरेको आर्थिक चलखेल नयाँ मन्त्रीले बन्द गर्छन् कि निरन्तरता दिन्छन्, त्यसतर्फ सबैको चासो बढेको छ । जानकारहरुले बताएअनुसार दुई महिनापछि अवकाश हुने मदन भण्डारीका आयोजना प्रमुख अशोक तिवारीलाई मन्त्रालयमा हाजिर गराएर विदा गर्ने बताइएको छ ।
बढुवा भएका सु.ई अर्याल र बढुवा हुने लाइनमा (एक हप्ताभित्र) रहेका भुजेल अरुभन्दा काबिल मानिन्छन् । मन्त्रालयमा नयाँ मन्त्री आएसँगै आमूल परिवर्तन हुने जानकारहरुले बताएका छन् । नयाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले सडक निर्माणमा भैरहेको भ्रष्टाचार, बेथिति र ठेक्का लिएर बर्षौसम्म काम नगर्ने शैलुङ्ग कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारी लगायतका ठेकेदारहरुलाई ठीक पार्लान् त भनी सर्वत्र चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *