राष्ट्रनिर्माताप्रति सम्मान

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ / प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइएको छ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइएको हो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन दिइने गरेको सार्वजनिक विदालाई सरकारले केही वर्षदेखि कटौती गर्दै आएको थियो । यस वर्ष भने सार्वजनिक विदा नै दिइएका कारण दिवस मनाउन सहज भएको बताइएको छ । वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
वि.सं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । पृथ्वीनारायणको निधनपछि उनका उत्तराधिकारीहरुले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायणले वि.सं. १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए ।
नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका इतिहास छ । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायणको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइएको अवस्थालाई सर्वत्र सकारात्मक रुपमा लिइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *