कौशलटारमा लुगा धुलाइको सेवा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ मध्यपुर थिमीको वडा नं.३ स्थित कौशलटारमा लुगा धुलाईका लागि ‘लाउण्ड्री स्टेशन’ खुलेको छ । सबै खाले लुगाहरु उचित मूल्यमा आइरनसमेत गरेर दिने उद्देश्यका साथ उक्त ‘लाउण्ड्री स्टेशन’ खोलिएको स्टेशनका संचालक माधव पोखरेलले जानकारी दिएका छन् ।
कौशलटार चोकबाट बालकोटतर्फ लाग्नासाथै रहेको बस स्टेशनबाट केही घर तल रहेको कुमुदिनी मार्टसँगै उक्त ‘लाउण्ड्री स्टेशन’ रहेको छ । लुगा धुलाइसँगै आइरन सेवा समेत दिंदै आएको पोखरेलले जानकारी दिए । लुगा धुलाइका लागि एकदमै उचित मूल्य दर राखिएको जानकारी दिंदै पोखरेलले भने, ‘हामीले गुणस्तरलाई ख्याल गरी सबैका लागि सहज हुने गरी दर कायम राखेका छौं ।’
पार्किङसमेत सेवा उपलब्ध रहेको उक्त ‘लाउण्ड्री स्टेशन’ ले सो क्षेत्रमा रहेका होटल, अस्पताल तथा होस्टलहरुलाई विशेष सुविधा योजना पनि ल्याएको जनाएको छ । कतिपय अवस्थामा लुगा लिन जाने तथा पु¥याइदिने सेवा समेत उपलब्ध गराइएको जानकारी गराइएको छ । उक्त सेवा लिनका लागि फोन नं.०१ ५९१२८९३, ९८५१०३३३५३, ९८५१३२८४९३ मा सम्पर्क गर्न सकिने पनि जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *