राप्रपाको कडा चेतावनी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ वर्तमान सत्तागठबन्धनमा असमझदारी बढिरहेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कारण झनै समस्या पर्ने देखिएको छ । राप्रपाले आपूm चुनावमा जाँदाका मुद्दाहरुलाई अघि बढाउन खोजेको अवस्थामा नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) का नेताहरुका कारण विवाद बढ्ने देखिएको हो ।
राप्रपाले आफ्नो दलको मुख्य अजेण्डा नै धर्म निरपेक्षता हटाइनुपर्ने, प्रदेशहरु खारेज गरिनुपर्ने तथा संवैधानिक राजतन्त्र स्थापित गरिनुपर्ने भन्ने कुरालाई मुख्य रुपमा उठाउँदै आएको छ । यो कुरालाई सरकारमा सामेल भएरै राप्रपाका नेताहरुले उठाउन थालेपछि खासगरी एमाले र माओवादी केन्द्रका नेताहरुले त्यसलाई सहज रुपमा लिन सकेका छैनन् ।
राप्रपाका नेता एवम् मन्त्रीहरुले आफ्ना अजेण्डालाई संसदमा समेत उठाउन थालेका छन् । खासगरी मन्त्री विक्रम पाण्डेले चितवनमा सम्बोधन गर्दा यो कुरालाई जोड दिएका थिए । यसको विरोधमा एमालेका नेता रघुजी पन्तले आवाज उठाएका थिए । पन्तलाई संसदमै राप्रपाका नेता धवलसमशेर राणाले जवाफ दिएका थिए । राणाले आफूहरु आफ्ना मान्यतामा स्पष्ट रहेको भन्दै त्यसले सरकार गठन विघटनमा असर पारे फरक नपर्ने भन्नेसम्मको चेतावनी दिएका छन् ।
उता, प्रधानमन्त्री पुष्पकमल दाहालले त्यस्ता अभिव्यक्ति नदिन भनी चेतावनी शैलीमा अनुरोध गर्दा पनि राप्रपाका नेताहरुले त्यसलाई नमान्ने सङ्केत गरेका छन् । राप्रपा उस्तै परे सरकारबाट बाहिरिन सक्ने तर दबिएर नबस्ने मनस्थितिमा रहेको बताइन्छ । यही कारण सत्तागठबन्धनमा थप दरार आउने पनि चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *