निर्माता थापाविरुद्ध उजुरी

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ चलचित्रका निर्माता सुवास थापाविरुद्ध बैंकिङ कसूरको जाहेरी जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता भएको छ ।
फिल्म निर्माता केशव पाण्डेले थापाविरुद्ध ६२ लाख ५० हजार रुपियाँको चेक बाउन्स र ठगी आरोपमा मुद्दा दर्ता गराएका प्रहरी स्रोतले जानकारी दिएको छ । थापा नेपाली चलचित्र ‘प्रसाद २’ का निर्माता हुन् । फिल्म निर्माण गर्ने र मुनाफाबाट आएको रकम बाँड्ने भनेर आफूलाई प्रलोभनमा पारी थापाले एक वर्षअघि रकम लगेको आरोप पाण्डेले जाहेरीमा लगाएका छन् ।
पटक–पटक ताकेता गर्दा पनि रकम फिर्ता नगरेकाले जाहेरी दिएको पाण्डेले बताएका छन् । चेक साट्न जाँदा पर्याप्त मौज्दात रकम नभएकाले आफूलाई झुक्याएको पाण्डेले उजुरीमा जनाएका छन् । प्रसाद २ चलचित्र चैत २४ गते रिलिजको तयारीमा रहेका बेला निर्माता थापाविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *