इजाजतपत्र खारेजीमा निर्माण व्यवसायी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरिदिएको छ । सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाबाट अनुमति पाएर पनि नवीकरण नगरेका कम्पनीहरुलाई खारेजी गरिएको मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि २०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न व्यवसायीहरुलाई आग्रह गरेको थियो । सो अवधिभित्र नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *