सडक बोर्डमा पैसाको थुप्रो, सडक विभागमा हाहाकार

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अर्थमन्त्रालयले आगामी बजेटका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागको ठूलो मात्रामा बजेट कटौती गरेको छ । बजेट कटौती भएपछि गत बर्ष ठेक्का लागेका सडक र पुलहरु सम्पन्न नहुने भएका छन् ।
यसका अलावा बर्षले पु¥याउने क्षति र दैवीप्रकोपबाट हुने असरलाई पनि बजेट कटौतीले प्रभाव पार्ने जानकारहरुले बताएका छन् । मुलुकको अर्थतन्त्र संकटग्रस्त हुँदा नयाँ योजनाहरु प्नि नबन्ने भएका छन् । बजेटको कटौतीले सडक विभागमा हाहाकार हुने देखिएको छ । निर्माण व्यवसायीहरुले भुक्तानी पाउनुपर्ने करिव १५ अर्ब रुपियाँ अर्थमन्त्रालयले रोकिँदिँदा ठेकेदारहरु तनाबमा परेको बताइएको छ । यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक बोर्ड नेपालमा भने पैसा थुप्रिएर बसेको समाचार स्रोतले बताएको छ ।
रोड बोर्डसँग अहिले करिब १० अर्ब रुपियाँ रहेको कार्यकारी निर्देशकले बताएका छन् । उक्त रकम टास्कफोर्स बनाएर सातै प्रदेशमा वितरण गर्ने कार्यक्रम रहेको छ । सडक बोर्ड नेपालले सडक तथा पुलको दिगो र योजनाबद्ध विकासका लागि मर्मत सम्भारको बजेट र श्रोतको व्यवस्था गर्दछ । तिनीहरुको विषयमा अनुसन्धान गर्ने तथा दिगो उपाय पत्ता लगाउने काम गर्दछ भने सडक विभागलाई ७० प्रतिशत र स्थानीय निकायलाई ३० प्रतिशत रकम दिँदै आइरहेको छ ।
आपूmहरुले उपलब्ध गराउने रकम पारदर्शी होस् राम्रो सदूपयोग होस् भन्दै सडक बोर्ड नेपालले अनुगमन समेत गर्दै आएको समाचार स्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *