काठमाडौं/ संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई असफल बनाउन र बदनाम गर्न हवाई माफिया र भूमाफिया सकृय भएका छन् । नेकपा (माओवादी केन्द्र) बाट मन्त्री बनेका किराँतीले तुलनात्मक रुपमा सुधारका कामहरु गर्दै आएका छन् ।
पशुपतिनाथ क्षेत्र भित्र देखिएका विकृति र बेथितिदेखि नेपाल वायुसेवा निगमको सुधारमा सकृय रहेका मन्त्री किराँतीलाई नेवानिको कार्यकारी अध्यक्ष हटाउन तीन करोडको प्रस्ताव आएको स्वयं मन्त्रीले नै सार्वजनिक गरिसकेका छन् । त्यसैगरी पशुपति क्षेत्र विकास कोष अन्तर्गतको कूल पाँच सय चार रोपनी जग्गामध्ये ३१ रोपनी जग्गाको खोजी गर्दा उल्टै मन्त्री किराँतीलाई जग्गा हिनामिना गरेको आरोप समेत लागेको छ ।
मन्त्री किराँतीले ३१ रोपनी जग्गा हराएपछि नापी र मालपोतलाई हाल साबिकका लागि लेखी पठाएका थिए । यो प्रकरणमा आपूm दोषी पाइए आपूm कारागार जान तयार रहेको र आरोप प्रमाणित गर्न चुनौती समेत मन्त्रीले दिएका छन् । मन्त्री किराँतीकै निर्देशनमा नेपाल वायुसेवा निगमले सुधारका कामहरु अघि बढाएपछि हवाई माफियाहरु रन्थनिन पुगेको समाचार श्रोतले बताएको छ ।
यी सबै कुरामा पूर्व पर्यटन मन्त्री एवं नेकपा एसका सांसद प्रेमबहादुर आलेले भूमिका खेलेको समाचार सूत्रले बताएको छ । पर्यटन मन्त्री हुँदा आलेले नागरिक उड्डयन प्राधिकरणका कनिष्ठ व्यक्ति प्रदीप अधिकारीलाई रु.१० करोड लिएर महानिर्देशक बनाएको आरोप लागेको थियो । आगामी आ.व.देखि नागरिक उड्डयन प्राधिकरण टुक्रिने भएपछि महानिर्देशक अधिकारी लगानी नउठ्ने भयो भन्दै रनाहमा परेको जानकारहरुले बताएका छन् ।