गृहमा सुसन कर्माचार्यलाई छाया मन्त्रीको आरोप

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्पष्ट वक्ता र क्षमतावान् व्यक्ति भएर पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपी चारजना व्यक्तिहरुलाई कारबाही गर्न नसक्दा कमजोर मुटु भएको भनी चर्चा चल्ने गरेको छ । खासगरी रामबहादुर थापा, आरजु राणा देउवा, मञ्जु खाण र प्रेमकुमार राईलाई अनुसन्धानमा तानिएको छैन ।

तात्कालिन समयमा गृहसचिव हुँदा राईको गाडीमा तीन करोड, मञ्जु खाणलाई छ करोड, आरजु राणालाई साढे दुई करोड र थापालाई पैसा बुझाएको आरोप पीडितहरुले लगाएका छन् । यिनीहरुमाथि पनि दोश्रो चरणको अनुसन्धान हुने बताइएको छ तर कहिले भन्ने बताइएको छैन ।

हाल गृहमन्त्रालयमा मन्त्री श्रेष्ठले आफ्नो अनुकूलका सचिव र सहसचिवहरु भित्र्याएका छन् । सहयोगीको रुपमा स्व. नरबहादुर कर्माचार्यकी छोरी सुसन कर्माचार्य रहने गरेको जानकारहरुले बताएका छन् । श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री हुँदा गरिएको ठूलो मात्राको प्राविधिक सहसचिव (सुई) हरुको सरुवामा पनि सुसन हाबी भएको आरोप लागेको छ ।

अहिले गृहमन्त्री हुँदा गरिएको डिएसपीलाई एसपीमा बढुवा गर्दा लाखौं रकम लेनदेन भएको चर्चा चलेको छ । मन्त्री श्रेष्ठले म भ्रष्टाचार गर्दिन, घुस खाँदिन, माछामासु खान्न, चन्दा, उपहार चाहिँदैन भनेकाले मन्त्रीको साटो कर्माचार्यले विवादित डीएसपी रमेश खड्का र बासुदेव पाठकलाई लाखौं रकम लिएर एसपीमा बढुवा गरेपछि चर्चित बनेको समाचार श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *