इनरुवा सेवा समाज गठन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवा थातथलो भै हाल खासगरी काठमाडौं उपत्यकामा रहेका इनरुवाबासीहरुको सामाजिक संस्थाको रुपमा इनरुवा सेवा समाज नेपाल विधिवत् रुपमा गठन गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आइतबार दर्ता भएको उक्त समाजको अध्यक्षमा गोपालप्रसाद पोखरेल रहेका छन् ।
यसैगरी उपाध्यक्षद्वयमा पुष्कर पोखरेल र विष्णुकुमारी भट्टराई, महासचिवमा सुमन घिमिरे, सचिवमा संजय अटल, कोषाध्यक्षमा पशुपति भण्डारी र सह कोषाध्यक्षमा सरला बस्नेत रहेका छन् । यस्तै सदस्यहरुमा कौशल कुमार भट्टराई, निरज गुप्ता, कृष्णहरि शर्मा पोखरेल, देवराज निरौला, प्रकाश पोखरेल, मनोज चौधरी, राजेश पोखरेल र कृष्णप्रसाद पोखरेल रहेका छन् ।
इनरुवामा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्ने तथा काठमाडौं उपत्यकामा रहेका इनरुवाबासीहरुलाई संगठित गर्ने मूल उद्देश्य संस्थाले लिएको महासचिव घिमिरेले जानकारी दिए । उनले भने, ‘अहिले सुनसरी जिल्ला र काठमाडौं उपत्यकालाई केन्द्रमा राखी कार्ययोजनाहरु बनाए पनि कालान्तरमा यस संस्थामा इनरुवाबाट बाहिर स्वदेश तथा विदेशमा पुगेकाहरुलाई संगठित गर्दै इनरुवा र इनरुवाबासीको प्रगतिका लागि विभिन्न किसिमका कार्यहरु गर्ने लक्ष्य लिएका छौं ।’
यसैबीच संस्था स्थापना भएपछिको पहिलो बैठकले संस्था दर्ताका लागि सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । यसैगरी संस्थाको आफ्नै वेबसाइट निर्माण गर्ने लगायतका कार्यहरुलाई निरन्तरता दिंदै केही हप्तामै तीज विशेष कार्यक्रम गर्ने निर्णय पनि गरेको अध्यक्ष पोखरेलले जानकारी दिए । तीज कार्यक्रमका लागि विष्णुकुमारी भट्टराई र सरला बस्नेतलाई विशेष जिम्मेदारी दिने निर्णय गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *