रुषा थापा
अहिले बजारमा आम सर्वसाधारण कर्मचारी सञ्जय कोष डुबेको बताउँछन् । घुसको लोभमा गलत ठाउँमा करोडदेखि अर्बो रकम कर्जा प्रवाह गर्दा कोष डुब्ने अवस्थामा पुगेको उनीहरुको भनाइ छ । ऋणीले न साँबा नै ति¥यो न त ब्याज । यसले गर्दा आज कोषमा प्रभाव परेको छ ।
त्यस्तै, नागरिक लगानी कोषका कर्मचारी वा हाकिमले कोषबाट सस्तो ब्याजमा ऋण लिएर महंगो ब्याज आउने प्रलोभनमा सहकारीमा रकम जम्मा गरेका थिए । पछिल्लो समय सहकारीहरु एकाएक फरार भएपछि कर्मचारीहरुले ब्याजको प्रलोभनमा राखेको रकम डुबेको छ ।
अहिले उनीहरु नै ऋण तिर्न नसकेर भाग्नुपर्ने अवस्था आएको छ । यसरी कर्मचारी भाग्नेबित्तिकै वा ऋण चुक्ता नगरेपछि कोष पनि टाट पल्टिनै हाल्छ । नागरिक लगानी कोषको घरजग्गा, गाडी र शेयरमा धेरै कर्जा लगानी छ । कोषका कतिपय हाकिम वा कर्मचारीले त विगतमा आफैंले पनि जग्गा प्लटिङ गर्ने, गाडी तथा शेयरको बिक्रीवितरण गर्ने कार्य समेत गरे । यसरी घुसको प्रलोभनमा जथाभावी लगानी गर्दा आज कोषको रकम जोखिममा परेको छ ।
त्यहाँ लाखौं कर्मचारीले जम्मा गरेको रकम बालुवामा पानी बराबर भएको छ । नाम नबताउने सर्तमा कोषका एक कर्मचारी वर्षोदेखि ऋणले साँवाब्याज नतिरेको दाबी गर्छन् । उनका अनुसार अन्य बैंक तथा वित्तीय संस्थाझै यहाँ पनि बिना घुस कर्जा दिइँदैँन । एक करोड रुपियाँ ऋण दिएबापत १० लाख घुस, १६ देखि ४८ प्रतिशत ब्याज र २ प्रतिशत सेवाशुल्क लिइने स्रोतको भनाइ छ । बजार मन्दीमा गएका कारण अधिकांश बैंक तथा वित्तीय संस्था भाग्नुपर्ने वा बन्द हुनुपर्ने अवस्था नै आएको छ ।
पछिल्ला दिनमा मुलुकभर दर्तामा रहेका ३५ हजार बढी सहकारीमध्ये आधाभन्दा बढी सहकारी रातारात भागेका छन् । कुनै कुनै खुले पनि बचतकर्ताले रकम फिर्ता पाएका छैनन् । बचतकर्ता दिनहुँजसो रकम फिर्ता माग्न आएपछि पनि कतिपयले सहकारी बन्द गरेका छन् ।
त्यस्तै, बैंकमा पनि सहकारीकै संकट देखिँदा कर्मचारी सञजय कोष र नागरिक लगानी कोष पनि डुब्ने अवस्थामा पुगेको आम नागरिक बताउँछन् । यी दुवै कोष अहिले तनावमा छन् । एकातिर ऋणले ऋणको सावाँब्याज तिर्दैन त अर्कातिर लिलाम गरेको धितो पनि बिक्री हुन्न । सरकारले कर्मचारी सञ्जय कोषको पुँजी उद्योग तथा औद्योगिक क्षेत्रमा लगानी गर्नुपर्ने भनेर नीतिनियम नबनाउँदा पनि आज यो अवस्था आएको हो । यसले एकातिर कर्मचारीहरुको अबौं रकम जोखिममा परेको छ, अर्कातिर औद्योगिक क्षेत्रमा लगानी नगर्दा राज्य राजश्वविहीन भएको छ त बेरोजगारी बढेको छ ।
अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायले पहिल्यै कर्मचारी सञ्जय कोषको रकम घरजग्गा, गाडी र शेयरमा लगानी गर्नबाट रोकिदिएको भए आज यो हुदैँनथ्यो । सम्बन्धित निकायले समयमै ध्यान नपु¥याउँदा आज लाखौं जनता डुब्ने भएका छन् । राजनीतिक दलका नेतादेखि सरकारी कर्मचारी समेतले कर्मचारी सञ्जय कोषमा बचत गरेका छन् । अहिले पनि अर्थ मन्त्रालयले र राष्ट्र बैंकले बजेट वा मौद्रिक नीतिमार्फत घरजग्गा, गाडी र शेयरमा कडाइ गरेन । यी क्षेत्रमा लगानी गर्नुहुँदैन भनेर कसैले पनि रोकेन ।
उद्योग व्यवसायी र आम सर्वसाधारण घरजग्गा, गाडी र शेयरमा लगानी गर्दा डुबेको गुनासो गर्छन् । आनाको एक लाखमा बिक्री नहुने खेतीयोग्य जमिन आनाकै १० लाख रुपियाँमा किनेपछि डुबिहाल्छ नि ! कहिले सासूको, कहिले बुहारीको पालो भनेझै अब ऋणको पालो बैंक तथा वित्तीय संस्थाको हो । हिजो यिनीहरुले करोडपतिलाई सडकपति बनाए । आज यिनैलाई घरजग्गा, गाडी र शेयरले सडकछाप बनाउने अवस्था आउँदै छ ।
अहिले बैंक तथा वित्तीय संस्था आफैंले लगानी गरेको कर्जाका कारण डुब्ने अवस्थामा पुगेका हुन् । दुई वर्षअघिसम्म आपूmसँग चिनजान भएको बैंक तथा वित्तीय संस्थामा दुई करोड मूल्य पर्ने धितोको प्रमाणपत्र लिएर गएर भनेजति ब्याज, सेवाशुल्क र घुस दिन्छु भने तुरुन्तै कर्जा पाइदैँन्थ्यो । अहिले त्यही धितो लिएर बैंक तथा वित्तीय संस्था गए फिर्ता पठाइन्छ । ९९ प्रतिशत मानिसको घरजग्गा, गाडी र शेयर बैंकको नाममा रोक्का रहेको सुनिन्छ । यो क्षेत्र पूरै मन्दीमा छ । डामाडोल भएको छ । मालपोत र यातायातका कर्मचारीहरु काम नभएपछि झिँगा धपाउन थालेका छन् । यसरी यो क्षेत्र मन्दीका कारण डुब्ने अवस्थामा पुग्दा कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषले कसरी बचतकर्ताको रकम फिर्ता गर्छन् ?
राष्ट्र बैंकले अहिले पनि कति रकम व्यक्तिसँग छ र कति रकम बजारमा छ भनेर खोजतलास गरेको छैन । पछिल्लो समय बजारमा पाँच सय र हजारको नोट हाहाकार भएको छ । कहिँकतै भेटिदैँन । नेपालका बैंक तथा वित्तीय संस्थालाई घरजग्गा, गाडी र शेयरले डुबाइ छाड्ने भएको छ । बुढोपाकाले भन्थे, ‘चोक्टा खान गएकी बुढी, झोलमै डुबेर मरी’ । त्यसरी नै घरजग्गा, गाडी र शेयरमा नाफा देखेर कमाउन आएका बैंक तथा वित्तीय संस्था अहिले नराम्ररी डुबेका छन् ।
मानिसहरुले पनि आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर, जीवनभर कमाएको रकम बैंक तथा वित्तीय संस्थामा ब्याजको प्रलोभनमा राखे । नेपालका बैंक तथा वित्तीय संस्थामाथि उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, अध्यक्ष चन्द्रप्रसाद ढकाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतले चलाउँदै आएका थिए । आम सर्वसाधारणले धितो भए पनि कहिल्यै ऋण पाएनन् । अहिले सर्वसाधारण सबैभन्दा बढी भ्रष्टाचारी बैंककै कर्मचारी रहेको र खातामा भएको रकम समेत कर्मचारीले चोरी गरेको आरोप लगाउँछन् । सरकारी कर्मचारीले पाँच सय रुपियाँ घुस खाए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समात्छ ।
बैंकका कर्मचारी तथा हाकिमहरुले कर्जा दिँदा लाखौं रुपियाँ घुस लिए पनि अख्तियार समात्दैन । अहिले नै जनताले बैंकका कर्मचारी, अध्यक्ष सञ्चालकलाई दलाली र चोर भन्न थालिसकेका छन् । बैंक तथा वित्तीय संस्था जनताको रकमबाट चलेको संस्था हो । जनताकै रकम ठग्ने र लुट्ने काम कर्मचारीले गरे । उनीहरुको गिद्दे आँखा बचतकर्ताको रकममाथि प¥यो । पछिल्ला दिनमा बैंककै कर्मचारीद्वारा बचतकर्ताको रकम चोरी गर्ने काम भएपछि अहिले जनता बैंकमा पनि पैसा राख्न नहुने बताउँछन् ।
अधिकांश बचतकताले अहिले बैंक तथा वित्तीय संस्था वा कर्मचारी सञ्जय कोषमा बचत गर्न छोडेका छन् । उनीहरु भएको रकम समेत धमाधम निकालिरहेका छन् । अहिले जताततै ठगहरु यत्तिकै भेटिन्छन् । कोही विदेश पठाइदिने प्रलोभनमा ठग्छन् त कोही केको प्रलोभनमा । यसरी बाहिर नै ठगहरुको बिगबिगी भएपछि बैंकमा पनि ठगहरुको कमी छैन । सिधासाधी जनता बच्न मुस्किल भएको छ । आफैंले राखेको रकम समेत निकाल्न नपाइने भएको छ । चारैतिर लोभी, पापी र ठगहरुको रजगज छ ।
जुनसुकै क्षेत्रमा पनि महासंघ, संघसंस्था खोली जनता ठग्ने काम जारी छ । बैंक तथा वित्तीय सस्ंथामा पनि यही भइरहेको छ । अहिले सहकारी संघसंस्थाले करोडौं बचतकर्ताको खर्बौ रकम खाँदा समेत राष्ट्रिय सहकारी महासंघका पदाधिकारीहरुलाई कहिले ग्लानी छैन । यता, बैंकका कर्मचारी र हाकिमको मिलोमत्तोमा बचतकर्ताको रकम खाताबाटै चोरी हुँदा पनि कोही केही बोलेका छैनन् । भूरादेखि बुढासम्मको मुखमा बैंक तथा वित्तीय संस्था चोर र ढग हो भनेर भनिएको सुनिन्छ । जनताले पनि विश्वास गर्न छोडेका छन् ।
सेवा दिने नाममा संघसंस्था खोलेर आम सर्वसाधारणको रकम पचाउनुका साथै राज्य समेत ठग्ने काम भइरहेको छ । जब जनतामा चेतनाको अभिवृद्धि हुन्छ, तब यिनीहरु पनि कानूनको दायरमा आउँछन् । साथै, उनीहरुको ठगीधन्दा समेत बन्द हुन्छ । सहकारीका अध्यक्ष र सञ्चालकहरु बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा रातारात भागेका छन् । कतिपयलाई त प्रहरीले खोरमा पनि हालेको छ । त्यसरी नै अब कर्मचारी सञ्जय कोष र नागरिक लगानी कोषका हाकिमहरु पनि खारेमा जानुपर्ने छ ।
सहकारी र लघुवित्तको विरोधमा जसरी जनता सडकमा उत्रिएका छन्, त्यसरी नै बैंक र कर्मचारी सञ्जय कोष र नागरिक सञ्जयकोषको विरोधमा जनता सडकमा आउने छन् । बचतकर्तालाई ६ प्रतिशत ब्याज दिएर त्यही रकम घुस खाएर १६ देखि ४८ प्रतिशत ब्याजमा कर्जा लगानी गर्नेहरुको दिन अब अन्त्य हुदैँछ । बैंक तथा वित्तीय संस्थाले जति पनि पीडित बनाएका छन्, ती सबै सडकमा आउने छन् ।