गौर काण्डको त्रासमा उपेन्द्र

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/१७ वर्षअघि रौतहटको गौरमा भएको विभत्स हत्याकाण्डको कारण जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव त्रासमा परेका छन् । उनी त्रासमा पर्नुपर्ने कारणमा यो विषयलाई सरकारले छानबिन गर्ने हुनु रहेको छ ।
सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गृह मन्त्रालयमा पाँच बुँदे सहमति भएपछि उपेन्द्रलाई यो विषयले झड्का लाग्न पुगेको हो । सो हत्याकाण्डको छानबिन गरी दोषीलाई कारबाही गर्ने भनी गृह मन्त्रालयले सहमति गरेपछि उक्त हत्याकाण्डमा जोडिएका भनिएका उपेन्द्रमा त्रास उत्पन्न भएको हो ।
उक्त हत्याकाण्डमा फोरमका कार्यकर्ताले माओवादीका निशस्त्र २७ जना नेता कार्यकर्तालाई लखेटी लखेटी विभत्स ढंगले हत्या गरेको आरोप लाग्दै आएको छ । २०६३ चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तात्कालीन मधेशी जनअधिकार फोरम र नेकपा (माओवादी) दुबैले आमसभा गर्ने तय गरिएको स्थान रौतहटको गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा झडप हुँदा माओवादीतर्फका २७ जनाको ज्यान गएको थियो ।
तात्कालीन फोरमको नेतृत्व उपेन्द्र यादवले गरेका थिए । उनले सरकारको निर्णयपछि सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग यस बारेमा जिज्ञासा राखेको समाचार स्रोतले जनाएको छ । देउवाले भने यस विषयमा कुनै जबाफ नदिएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *