सिंहको स्वास्थ्यवस्थामा सुधार

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ पूर्वमन्त्री तथा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख पी.एल.(प्रेमलाल) सिंहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको छ । सिंह डेढ सातादेखि पेटको रोगको उपचारका लागि अस्पतालमा छन् ।
उनको अल्सरको शल्यक्रिया गरिएको र स्वास्थ्यमा क्रमिक प्रगति भइरहेको ललितपुरको मेडिसिटी अस्पताल स्रोतले जानकारी दिएको छ । उनी अझै केही दिन अस्पतालमा रही बाहिर आउने स्रोतले बताएको छ ।
सिंह २०४७ सालको संविधानपछिका काठमाडौँ महानगरपालिकाका प्रथम प्रमुख हुन् । नेपाली कांग्रेससँग झण्डै छ दशक लामो सम्बन्ध सिंहको रहेको थियो । कांग्रेसकै उम्मेदवारका रुपमा उनी महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । उनले पञ्चायतकाल र २०४७ को जनआन्दोलनताका अन्तर्राष्ट्रिय जगतसँग सम्पर्क र समन्यवकारी भूमिका खेलेका थिए । गणेशमान सिंहको परिवारसँग जोडिएर राजनीतिमा आफ्नो छुट्टै छाप बनाएका उनी विगत आठ वर्षदेखि गुमनाम देखिएका बताइन्छ ।
२०६२÷०६३ को जनआन्दोलनपछि ब्यूँताइएको संसद्मा सिंहसहित कृष्णप्रसाद भट्टराईले नैतिक मूल्यका कारण शपथ लिन अस्वीकार गरेका थिए । दुबैले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता बाहिरबाट लादिएको अजेन्डा भन्दै कांग्रेससँगको सम्बन्ध तोडेका थिए ।
यसैबीच कांग्रेसले बेवास्ता गरेको भनिएको अवस्थामा सिंहलाई भेट्न कांग्रेसका सभापति बुधबार अस्पताल पुगेका छन् । यसअघि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह अस्पताल पुगेका थिए । अस्पताल पुगेर देउवा र शाहले सिंहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । त्यसक्रममा उनीहरुले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफूले केही सहयोग गर्नुपर्छ कि भनेर जिज्ञाशा राखेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *