युवा जगाउँदै कांग्रेस

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाली युवा जगाउने गरी कार्यक्रम गर्ने भएको छ । यसका लागि साउन २७ मा ‘पोलिसी ह्याकाथन’ को आयोजना गर्ने भएको हो ।
यस कार्यक्रम अन्तर्गत युवा र जलवायु परिवर्तन सम्बन्धी ‘ग्रीन स्किल्स् फर युथः टुवार्डस् अ सस्टेनेबेल वल्र्ड’ विषय केन्द्रित हुने कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनाएका छन् । यस कार्यक्रममा स्वदेश र विदेशबाट ४० वर्षसम्मका नेपाली युवा यसमा सहभागी हुनसक्ने थापाले जानकारी दिए ।
गीग अर्थतन्त्रका माध्यमबाट रोजगारी सिर्जना गराउन सकिने प्रस्तावहरु आह्वान साउन २७ बाट गरिने बताइएको छ । आएका प्रस्तावहरुमध्येबाट प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई पुरस्कृत गरिने सोच कांग्रेसले लिएको छ । आंशिक रोजगारी उपलब्ध हुनुलाई गीग इकोनोमीका रुपमा बुझिन्छ ।
यसरी आएका प्रस्तावहरुमध्ये उत्कृष्ठ छनौट गरी भदौ २ मा विजयीहरु घोषणा गरिने छ । पहिलोलाई तीन लाख रुपियाँ, दोस्रोलाई डेढ लाख, तेस्रोलाई ५० हजार पुररस्कार रकम तोकिएको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *