मन्त्री किराँतीलाई पितृशोक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / वाक पटुताका कारण चर्चामा रहने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।
किराँतीका पिता हर्कबहादुर राईको बुधबार बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि पक्षघातसम्बन्धी समस्याबाट पीडित रहेका बताइएको छ । दिवंगत किराँतीको पार्थीव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
मन्त्री किराँतीले सामाजिक सञ्जालमा पितृत्व र मातृत्व छाति भित्र रहेको तथा पूर्णरुपमा टुहुरो भएको भनी लेखेका छन् । मन्त्री किराँतीकी आमाको यसअघि नै मृत्यु भैसकेको थियो भने लामो समयदेखि पिता किराँती उपचाररत रहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *