राउतको शंकास्पद भ्रमण

Nayabimarsha (Weekly Newspaper from Nepal)

नयाँ दिल्ली/ जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सि.के.) राउत यहाँ आएका छन् । देशमा राजनीति संक्रमण बढिरहेको अवस्थामा उनको यहाँको भ्रमणलाई शंकास्पद रुपमा हेर्न थालिएको छ । मंगलबार यहाँ आइपुगेका उनको भेटघाटलाई गोप्य राखिएकाले पनि यसमा शंका गर्ने ठाउँ रहेको भनी चर्चा चलेको छ ।
पार्टीको विशेष काम लिएर उनी यहाँ आएको भनिए पनि के काम विशेष भन्ने खुल्न सकेको छैन । उनी यसअघि जेठको दोस्रो साता पनि यहाँ आएका थिए । उनले भारतीय जनता पार्टीका केही नेतासँग भेटघाट गरेका थिए । अहिलेको भ्रमण पनि राजनीतिक भेटघाट नै रहेको समाचार स्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *