प्र.न्या.न्यायाधीश नियुक्तिको पक्षमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएपछि उनले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल शुरु गर्ने बताए । ३१औँ प्रधानन्यायाधीशका रूपमा आफ्नो कार्यभार प्रारम्भ गरेका उनले न्यायको अनुभूति हुने गरी काम गर्ने बताएका छन् ।
आफ्नो कार्यकालमा केही उल्लेखनीय कार्य गरेर जाने उल्लेख गर्दै उनले न्याय परिषद्को बैठक राखेर न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने उनले बताए । उनले मुद्दा फस्र्यौटमा ध्यान दिने पनि बताएका छन् । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरी मंगलबार पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *