नयाँ इतिहासको रेखांकन ने.का.ले गर्छ : शेर्पा

Nayabimarsha (Weekly Newspaper from Nepal)

पिएमणी भट्टराई

इनरुवा /नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले नयाँ इतिहासको रेखांकन नेपाली कांग्रेसले गर्ने बताएका छन् ।
इनरुवामा हालै आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अब कांग्रेस जनताको घर घरमा पुग्छ, सबैको समस्या बुझ्छ, देश विकास र समृद्धिको यात्रामा अघि बढ्छ । पार्टीले अब सामाजिक परिर्वन र आर्थिक परिवर्तन गर्छ र मुलुकलाई नयाँ दिशा दिन्छ ।’ शेर्पाले, ‘टोलदेखि पार्टी कमिटी गठन गर्ने, पार्टीमा असन्तुष्टी भए वार्ता समिति बनाएर हल गर्ने, विधान विपरीत कार्य गर्न कसैलाई छुट नदिने र पार्टीलाई जिवन्तता दिन जनताको माझमा जाने’ भने । उनले आगामी मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमितिको बैठक बस्ने जानकारी दिंदै सो बैठकबाट शिक्षा नीति, स्वास्थ्य नीति, अर्थ नीति, परराष्ट्र नीति लगायत विभिन्न विभागहरुलाई पूर्णता दिइने छ ।
एक फरक प्रंसगमा उनले सुनसरी कांग्रेसको अवस्था सन्तुलित रहेको बताए । विभिन्न जात जाति भाषा भाषीको बाहुल्यता रहेको जिल्ला सुनसरी रहेको बताउँदै उनले यहीँबाट बि.पी. कोइरालाले संसदीय निर्वाचनमा विजयी भएको स्मरण गरे । उनले सुनसरी जिल्लाले कांग्रेसको इतिहास बोकेको, विगतको चुनावमा कांग्रेस पराजित हुनमा गठबन्धन र आन्तरिक सन्तुलनमा कमी आउनु हो भन्ने धारणा उनले राखे ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *