ललितपुर/ नेपाली काँग्रेसले सञ्चालन गर्न लागेको ‘समुदायमा काँग्रेस’ कार्यक्रम स्थगित गरेको छ । यसअघि श्रावण २० गतेदेखि २० गतेसम्म देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर पहिलो चरणको कार्यक्रम सम्पन्न गरेको थियो ।
वर्षामास र खेतीपातीको समय भएकाले पहिलो चरणको कार्यक्रम फलदायी बन्न नसकेको काँग्रेस श्रोतले बताएको छ । अहिले गाउँ समुदाय आक्रान्त बनेको छ । डेंगी रोग, लम्पी स्किन, आइफ्लु (आँखा पाक्ने रोग), बाढी पहिरो, डुबान, चरम महँगी लगायतका समस्याले जनता पीडित बनेका छन् । यस्तो महामारी र दैवीप्रकोपको बेला जनताले राहत र काँग्रेसको साथ खोजेका थिए ।
काँग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले भदौ ५ गते विज्ञप्ति निकालेर उक्त कार्यक्रम हाललाई स्थगित भएको बताएको छ । उक्त कार्यक्रम सम्बन्धित तहका पार्टी संगठनलाई जिम्मा लगाएर पानीमाथिको ओभानो बन्ने काम गरेको छ । सत्तामा रहेको काँग्रेसबाट केही होला भन्ने आशा एवं विश्वासमाथि ताल्चा लगाउने काम गरेको छ । सत्तामा रमाउन र कमाउन पल्केका नेताहरुलाई जनता चुनावको बेला मात्र चाहिन्छ । पछिल्लो समय काँग्रेस सरकारमा रहे पनि जनताको पक्षमा काम गर्न सकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठले राम्रो कामको जस आफूहरुले लिने र नराम्रो कामको भारी काँग्रेसलाई बोकाउँदा पनि नेताहरु निरीह बने र टुलुटुलु हेर्न बाध्य बनेका छन् । यस्तो अवस्थामा गर्ने भनिएको समुदायमा काँग्रेस कार्यक्रमको कुनै अर्थ नहुने पीडित काँग्रेसजनहरुले बताएका छन् ।
यता, काँग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय अनुशासन आयोगमा आपूm निकटका दुई र नेता शेखर कोइराला निकटलाई मनोनीत गरेका छन् । गत भदौ ५ गते मनोनीत हुनेहरुमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र धु्रव वाग्ले (देउवा पक्षधर) तथा सञ्जयकुमार गौतम र राजिव कोइराला (इतरपक्ष) लाई मनोनयन गरेका छन् । निर्वाचन समितिको रिक्त संयोजक पदमा अधिवक्ता खम्बबहादुर खातीलाई नियुक्त गरेको काँग्रेस मुख्यालय श्रोतले जानकारी दिएको छ ।
काँग्रेसको भदौ १०–२४ को कार्यक्रम स्थगित
Facebook Comments Box