भ्रष्टाचारका फाइल बन्द हुने खतरा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नक्कली भुटानी शरणार्थी प्रकरणमा केहीलाई बाहेक अन्य नाम मुछिएका हाई–प्रोफाइलवालाहरुलाई सामसुम पार्ने रणनीतिमा सरकार लागेको जानकारहरुले बताएका छन् । डा. आरजु राणा र मञ्जु खाँणको चर्चा अहिले सेलाएको छ । काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र एमाले सचिव टोपबहादुर रायमाझीबाहेक अन्य राजनीतिक व्यक्तिलाई प्रहरीले सोधपूछ गर्ने हिम्मत गरेको छैन ।
त्यसैगरी ललिता निवास जग्गा प्रकरणमा पनि ‘ठूलालाई चैन, सानालाई ऐन’ भने झैं पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई जोगाएर पूर्वमन्त्रीहरु विजय गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठसहित सचिवहरु माथि मुद्दा चलाएर सामसुम पार्न खोजिएको समाचार श्रोतले बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता जाने डरले उनीहरुलाई जोगाएको चर्चा चलेको छ ।
यसैगरी १ क्वीन्टल सुन तस्करी प्रकरणमा र त्यो भन्दा अगाडि नौ किलो सुन प्रकरणमा माओवादी केन्द्रका नेता भ्रष्टाचार प्रकरणमा मुछिएको देखिन थालेपछि अनुसन्धान भैरहेका फाइल बन्द गरी रोक्ने खतरा रहेको बताएका छन् । धमाधम आफ्ना मान्छे पर्न थालेपछि गिरीबन्धु टिस्टेट, ओम्नी, यती लगायतका फाइल खोल्ने सम्भावना नरहेको तथा अनेक स्टन्टबाजी गरेर सरकार टिकाउने रणनीतिमा लागेको र गृहमन्त्रीको व्यवहारप्रति समेत शंका उत्पन्न हुने अवस्था आएको चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *