सभापति रामहरिले सुनकाण्डको छलफल चलाउने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । ओखलढुंगाबाट काँग्रेस सांसद्मा निर्वाचित खतिवडा खरो स्वभावका स्पष्ट वक्ता मानिन्छन् । सभापतिमा निर्वाचित नहुँदासम्म् प्रतिनिधिसभाको बैठकमा काँग्रेसबाट सबैभन्दा बढी समसामयिक विषयमा बोल्ने गर्दथे ।
गत श्रावण ३ गते त्रिभूवन विमानस्थल (एयरपोर्ट) मा राजश्व अनुसन्धान विभागले पक्राउ गरेको एक क्वीन्टल (पछि जोख्दा करिब ६१ किलो भएको) सुनका बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले छानविन गरिरहेको छ । सो सुन प्रकरणमा आगामी असोज ५ गतेपछि जाँचबुझ आयोग पनि बन्ने सहमति भएको छ ।
एयरपोर्ट भन्सारमा रहेका ३५ जना अधिकृतसहित एक सय ३७ जना कर्मचारीले एकैसाथ सरुवा मागी भन्सार विभागमा निवेदन दिएपछि विभाग धर्मसंकटमा परेको बताइएको छ । एकैसाथ सरुवा माग्ने अधिकृतहरुमा रमेशकुमार खतिवडा, ईश्वर थापा मगर, विरु मास्के, सुवेन्द्र श्रेष्ठ, अर्जुन घिमिरे, शंकरनाथ त्रिपाठी, सरिता ढकाल, रमेश कुँवर, अमिन्द्र सिंह, दीपेन्द्र चौरसिया, टंक रम्तेल, प्रकाश निरौला, विमलकुमार साह, ईश्वरकुमार हुमागाई, राजकुमार महत, चक्रदेव भट्ट, अम्बिकाप्रसाद चम्लागाई, आँचल बराल छन् ।
त्यसैगरी ईशा गौतम, लोकराज ढुंगाना, किरण विष्ट, माङकल राई, गगनबहादुर थापा, राजन सापकोटा, निर्मल चौधरी, नरेन्द्रसिंह चौसिर, रंगनाथ देवकोटा, प्रतिक्षा रेग्मी भट्टराई, मञ्जु थापा, प्रल्हाद सापकोटा, श्यामकुमारी बजगाई, दिनेशराज पन्त, समा पाण्डे, सविना कोइराला र प्रकाश पुडासैनीसहित रहेका छन् ।
त्यो बाहेक गत २०७९ पुसमा इलेक्ट्रीक सिगरेट (भेप) मा लुकाएर ल्याइएको ९ कलिो सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको नाम जोडिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानको दायरामै नल्याई तथ्य र प्रमाण भन्दै सामसुम पार्न खोजेका छन् । बुधबारमात्र राहुलले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
काम भन्दा बढी स्टन्डबाजी गर्ने श्रेष्ठले आफ्नालाई बचाउने र अरुलाई पचाउने हिसाबले काम गर्दै आएका छन् । विभिन्न सुनकाण्डबारे छानविन गर्ने बताएका सभापति खतिवडाले सुनकाण्डको सत्यतथ्य पत्ता लगाएर बाहिर ल्याउँछन् कि उनी पनि उही ड्याङको बन्छन् त्यो हेर्न बाँकी नै छ ।
यसैबीच गत २०७९ पुस १० मा भेप भित्र लुकाएर ल्याइएको नौ किलो सुन काण्डमा चौतर्फि दबाबपछि राहुल महरालाई केन्द्रीय अनुसन्धान ब्यूरोले भदौ १३ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा बुझाएको छ । चिनिया सुन तस्करसँंग दुई सय ५६ पटक टेलिफोन सम्बाद गरेका कृष्णबहादुर महरालाई भने पक्राउ नगरी चोख्याउन लागेको त हैन भनी राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
गृहमन्त्रीको हस्तक्षेपले अनुसन्धान नभए सभापति खतिवडाले बाहिर ल्याउने जानकारहरूले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *