नेवानीले उडानमा फड्को मार्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल वायुसेवा निगम (एनएसी) ले २०८० भाद्र १२ गते (अगष्ट २९) देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट हङकङ र नयाँ दिल्लीको उडान गर्न थालेको छ ।
निगमको साख उठाउन र सफल बनाउन कार्यकारी निर्देशक युवराज अधिकारीले निकै मेहनत गर्दै आएका छन् । उनलाई केही हवाईमाफियाका पुच्छर कर्मचारीहरुले खेदो खन्ने काम गरिरहेका छन् । नेवानिको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा उडान गर्न थालेको होे ।
मंगलबार हप्ताको एक दिन एक उडानबाट सेवा शुरु गरेर यसको सुरुवात गरिएको छ । निगमले मागको आधारमा उडानको संख्या थप्दै लगिने बताइएको छ ।
यसअघि साउदी, मलेसिया, जापान, लगायतका विभिन्न दर्जन ठाउँमा उडान गरेको नेवानिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान शुरु गर्ने निर्णय गरेको हो । यात्रुहरुले निगमको कार्यालय वा अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिन सक्ने बताइएको छ । यो व्यवस्थाले यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले बताएको छ । यता, निगमले विग्रेका जहाजको मर्मत गर्ने तैयारी गरेको पनि श्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *