नवदुर्गा सहकारीको फिर्ता गर्ने प्रतिवद्धता

Nayabimarsha (Weekly Newspaper from Nepal)

पिएमणि भट्टराई

इनरुवा / श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र संस्थामा आवद्ध बचतकर्ताहरुको चार घण्टा लामो वार्ता ठोस निष्कर्षमा नपुगे पनि संस्थाले बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएको छ ।
सोमबार इनरुवामा सहकारी डिभिजन कार्यालय कोशी प्रदेशका प्रमुख नि.रजिष्ट्रार हरि बहादुर खत्रीको रोहबरमा सो प्रतिवद्धता जनाइएको हो । वार्तामा नवदुर्गा सञ्चालक समितिका अध्यक्ष लीलामणि सुवेदी, उपाध्यक्ष राजनकुमार खतिवडा, व्यवस्थापक निरञ्जन सिंह, लेखा समितिका केही सदस्यहरुको सहभागिता थियो । यसैगरी पीडित पक्षबाट बचतकर्ताको समूहबाट कैलाश पञ्चरीया, तिलक निरौला, राजेश कार्की, थिरप्रसाद बञ्जारा लगायतको उपस्थितिमा सो वाार्ता भएको थियो । करिब एक हजार नौ सय ५० शेयर सदस्य रहेको संस्थामा २७ करोड ८३ लाख रकम रहेको छ भने २५ करोड ६७ लाख ऋण प्रवाह गरेको छ । यसको व्याज मात्र उठाउँदा १० करोड ३२ लाख पुग्छ । सो संस्थाबाट तीन बर्षदेखि शेयर सदस्यले बोनस पनन पाएका छैनन् ।
विगत एक बर्षदेखि सहकारीबाट बचत फिर्ता नपाएको र सो संस्थामा ठूलो अनियमितता पाइएको ठूला बचत कर्ताहरुको गुनासो रहेको थियो । खाइ नखाई जम्मा गरेको रकम डुब्ने अवस्था आएकाले न्यायकालागि सहकारी डिभिजन कार्यालय आउन बाध्य भएको पीडितका कैलाश पञ्चरीयाले आक्रोश पोखे ।
वार्ताको क्रममा सञ्चालक समितिका अध्यक्ष लीलामणि सुवेदीले भने एक बर्षदेखि ऋण असुली नभएको जानकारी गराउँदै अहिले संस्था नाजुक अवस्थामा रहेको बताए । ऋण उठाउने समानुपातिक प्रणालीबाट बचत फिर्ता गर्ने, ऋण असुली गर्न प्रभावकारी योजना बनाउने एवम् ऋणको वर्गीकरण गर्ने, ऋण उठाउन एक असुली समिति गठन गर्ने लगायत रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *