चिकित्सकहरुमाथि हातपाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

हेटौंडा/ हेटौंडामा दुईजना चिकित्सकहरुमाथि हातपात भएको छ । हेटौंडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलका चिकित्सकहरुमाथि हातपात भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाइले जानकारी दिए ।
हस्पिटलका चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा बुधबार कुटपिट भएको हो । एक महिनाअघि अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै पदमपोखरीको एक समूहले कुटपिट गरेको बताइएको छ ।
अस्पतालका अनुसार डेङ्गु पुष्टि भएका प्रधान आराम गर्ने भनेर घर गएका थिए । केही दिनमै फेरि अस्पतालमा उनी भर्ना भएका थिए । दोस्रो पटक डेङ्गु देखिएका प्रधानलाई भरतपुरमा उपचारका लागि लगेकोमा एक दिनपछि मृत्यु भएको थियो ।

हातपातबाट चिकित्सक थापाको नाकमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । सोही घटनालाई लिएर अन्य चिकित्सकहरुले ओपीडी सेवा पनि बन्द गरेर आन्दोलन गरेका थिए । हातपात गर्नेलाई प्रहरीले पक्राउ गर्न नसकेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *