भक्तपुरमा अगेनो सेकुवा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ भक्तपुरको मध्यपुर ठिमी वडा नम्बर ३ स्थित गठ्ठाघर चोकमा बुधबारदेखि अगेनो सेकुवा घर सञ्चालनमा आएको छ ।
पछिल्लो समयमा मानिसहरु स्वादिष्ट भोजनका साथै उपर्युक्त वातावरणको पनि खोजीमा रहेको अवस्थालाई ध्यानमा राखी उक्त सेकुवा घर संचालनमा ल्याइएको संचालकहरुले बताएका छन । पार्किङको सुविधा रहेको उक्त सेकुवा घरमा रमणीय, पारिवारिक वातावरणमा स्वच्छ, स्वस्थ, हाइजेनिक परिकारहरु पाइने अगेनो सेकुवा घर सञ्चालक कान्छाकुमार डंगोलले जानकारी दिएका छन् ।
अनुभवी सेफहरु रहेका तथा सबै खालका मानिसहरुका लागि यो सेकुवा घरका परिकारहरुको मूल्य पनि नेपाली बजार अनुसार राखिएको बताइएको छ । अगेनो सेकुवा घरमा विवाह, ब्रतबन्ध,सेमिनार, गोष्ठीका लागि विशेष सुविधासहित हलहरुको समेत व्यवस्था रहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *