काठमाडौंमा विद्यालय बन्द गरे कारबाही

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ काठमाडौँ महानगरपालिका विद्यालय बन्द गरी आन्दोलनमा उत्रनेका विरुद्धमा जाइलाग्ने भएको छ । विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भनी महानगरपालिकाले विज्ञप्ति जारी गरी सबैलाई जानकारी गराएको छ ।
नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका बेला महानगरले विद्यालय बन्द नगर्न फेरि पनि सुझाएको हो । विद्यालय बन्द गरेर पठनपाठनमा समस्या पारे त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने भनी महानगरपालिकाले जनाएको हो । महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएपछि आन्दोलनकारी शिक्षकहरु अन्यौलमा परेका छन् । आन्दोलनको नाममा विद्यालय नै बन्द गरिनु हुन्न भन्ने मान्यतालाई काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (वालेन) ले स्थापित गर्दै लगेको हालको अवस्थामा महासंघले काठमाडौं केन्द्रित आन्दोलन चलाएको छ । सोही आन्दोलनका कारण बुधबार काठमाडौंको माइतीघरमण्डलामा देशभरीबाट शिक्षकहरु आन्दोलन चर्काउन थालेका छन् ।
महानगरको निर्देशकसँगै शिक्षा विभागले विद्यालयहरूको अनुगमन गर्ने बताइएको छ । यदि विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुर्‍याइएको खण्डमा महानगरको शिक्षा ऐन अनुसार कारबाही गरिने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *