गाँजासम्बन्धी नीति खुकुलो पार्न सिफारिस

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गाँजासम्बन्धी सङ्घीय नियमहरू खुकुलो पार्न सिफारिस गरिएको समाचार आएको छ । यो समाचार नेपालसँग सम्बन्धित नरहेर संयुक्त राज्य अमेरिकाको समाचार हो ।
स्वास्थ्य र मानव सेवा मन्त्रालयले ‘ड्रग इन्फोर्समेन्ट एजेन्सी’ (डीईए) लाई अमेरिकाका ५० मध्ये ४० राज्यले कुनै न कुनै रूपमा गाँजाको प्रयोगलाई वैधानिक बनाउने कानूुन पारित गरे पनि सङ्घीयस्तरमा यो अवैध रहेका कारण त्यहाँका बासिन्दाले यसको प्रयोगमा समेत समस्या खेप्दै आउनु परेको छ ।
अहिले गाँजा पनि हिरोइन र एलएसडीकै वर्गमा पर्ने लागूपदार्थको रूपमा सूचीकृत भएका कारण यसको प्रयोगमा बन्देज लगाइँदै आएको बताइन्छ । डीईएले उसको वर्गीकरण नीतिमा परिवर्तन ग¥यो भने त्यो लागूपदार्थबारे दशकौँमा भएको अमेरिकी नीतिको सबैभन्दा महत्वपूर्ण परिवर्तन हुने पनि बताइएको छ ।
गाँजालाई हाल ‘कन्ट्रोल्ड सब्स्ट्यान्स एक्ट’ अन्तर्गत अनुसूची–१ को लागूऔषधका रूपमा वर्गीकरण गरिएको छ । गाँजाको कुनै चिकित्सकीय प्रयोग छैन र दुरुपयोगको उच्च सम्भावना रहेको भन्दै यो कुरामा बन्देज लगाइँदै आएको हो । त्यसलाई अनुसूची–३ मा परिवर्तन गर्दा यसलाई दुरुपयोगको सम्भावना कम भएका औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने मान्यता राखिँदै आएको छ ।
केटामाइन, एनाबोलिक स्टेरोइडहरू र प्रति मात्रा ९० मिलीग्राम कोडाइन भएका औषधिहरू उक्त वर्गमा पर्ने बताइएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्ना महान्यायाधिवक्ता र स्वास्थ्यमन्त्रीलाई गाँजालाई कम गम्भीरखाले लागूऔषधका रूपमा सूचीकरण गर्नु उपयुक्त हुन्छ कि हुँदैन भनेर पोहोर समीक्षा गर्न भनेका थिए ।
एचएचएसले आफ्नो विज्ञप्तिमा गाँजासम्बन्धी सङ्घीय नियम खुकुलो पार्ने सिफारिससम्बन्धी “प्रशासनिक प्रक्रिया” पूरा गर्न ११ महिनाभन्दा कम समय लागेको जनाएको छ । (बीबीसीबाट)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *