१४ म्यानपावरहरु निलम्वनमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ वैदेशिक रोजगारीका लागि आवश्यक भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्रको प्रयोग गरेको अभियोगमा विभिन्न म्यानपावर कम्पनीहरु निलम्वनमा परेका छन् । त्यस्तै प्रमाणपत्रको आधारमा नेपाली कामदारलाई जापान पठाएको अभियोगमा १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरिएको वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीले जानकारी गराएका छन् । नुसार उनीहरुलाई उजुरीका आधारमा अनुसन्धान गरिरहिएको पनि जनाइएको छ ।
उनीहरुको संलग्नता देखिएको आधारमा ती म्यानपावर कम्पनीहरुलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको बताइएको छ । यस कार्यमा अन्य संस्था समेत संलग्न रहेको सम्बन्धमा भने अनुसन्धान जारी रहेको समेत विभागले जनाएको छ ।
जापानी भाषा तथा संस्कृतिको तालिममा यस्तो प्रमाणपत्र पेश भएको विभागको भनाइ छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *