‘सम्झनामा राधेश्याम’ को लोकार्पण

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली साहित्यका परिचित साहित्यकार स्व.राधेश्याम भट्टराईको स्मृति र श्रद्धामा कृति लोकार्पण आज शुक्रबार गरिने भएको छ । नेपाली साहित्यमा विभिन्न कृति दिनुएका भट्टराईको गत वर्ष अर्थात २०७९ असोज ५ गते निधन भएपछि उहाँको स्मृतिमा ‘सम्झनामा राधेश्याम’ भन्ने स्मृतिग्रन्थ आजै लोकार्पण गरिने भएको हो ।
स्रष्टा राधेश्याम भट्टराईले आफ्नो जीवनकालमै नेपाली भाषामा प्रकाशन गर्नुभएको ‘हलेसी’ तीर्थकाव्यको त्रिभाषिक संस्करण पनि आजै लोकार्पण गरिने प्रकाशिका मञ्जु भट्टराईले जानकारी दिनुभएको छ । पहिले राधेश्याम भट्टराईले आप्mनो जीवनकालमा नेपाली भाषा उक्त तीर्थकाव्य प्रकाशन गरे पनि अहिले आएर त्यसलाई नेपालीका अतिरिक्त संस्कृत र अंग्रेजी भाषामा पनि अनुवाद गरी प्रकाशन गरिएको जानकारी प्रकाशिका भट्टराईले दिनुभयो ।
बानेश्वर बहुमुखी क्याम्पसको सभाकक्षमा हुने उक्त लोकार्पण समारोहमा स्मृतिग्रन्थमा आफ्नो लेख दिनेहरु तथा अन्य साहित्यकारहरुको जमघट हुने स्व.भट्टराईका भतिज एवम् गोरखापत्र दैनिकका निमिक्त प्रधानसम्पादक शिवकुमार भट्टराईले जानकारी दिनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *