सम्पादक भट्टराई स्वदेश फिर्ता

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ नयाँ विमर्शका सम्पादक प्रकाशक कौशल कुमार भट्टराई स्वदेश फिर्ता भएका छन् । करिब एक महिनाको अष्ट्रेलियाको भ्रमण पूरा गरी भट्टराई सोमबार स्वदेश फर्किएका हुन् ।
कानून व्यवसाय समेत गर्दै आएका सम्पादक भट्टराई पत्रिका र कानून व्यवसायसँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाउनका लागि भनी अष्ट्रेलिया प्रस्थान गरेका थिए । उनले अष्ट्रेलियामा रहँदा सञ्चारमाध्यमसँग सम्बन्धित विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरुसँग भेटी त्यताको सञ्चारको अवस्था अवगत गरेको तथा नेपालको अवस्था जानकारी गराएको जानकारी दिएका छन् । उनले आफ्नो भ्रमणको बारेमा जानकारी प्रेस नोटमार्फत जारी गर्दै भनेका छन्, ‘विकसित मुलुकहरुमा प्रिन्ट मिडियाको अवस्था कस्तो रहेको छ भन्ने जानकारी लिन तथा नेपालको अवस्था उनीहरुलाई जानकारी गराउनकालागि यो भ्रमण फलदायी रह्यो ।’ यसैगरी उनले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘नेपालीको अत्यधिक बसोबास रहेको अष्ट्रेलियामा रहेका नेपालीको अवस्था तथा त्यहाँको कानूनी व्यवस्थाको जानकारीका लागि पनि यो भ्रमण उपलब्धीमुलक लागेको छ ।’
भ्रमणमा विशेष रुचि राख्ने सम्पादक भट्टराईले आफ्ना यात्राहरुलाई समेटेर नियात्रा संग्रह प्रकाशन गर्ने तयारी गरिरहेको जानकारी गराउँदै अष्ट्रेलिया भ्रमण पनि नियात्राको रुपमा पाठक समक्ष आउने प्रतिवद्धता पनि गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *