राष्ट्र बैंकको सरुवामा को को ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल राष्ट्र बैंकमा पाँच उच्च पदस्थ कर्मचारीको सरुवा गरिएको छ । राष्ट्र बैंकले पाँच जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरी सरुवा गरेको हो ।
राष्ट्र बैंकका अनुसार भुक्तानी प्रणाली विभागमा डा. गुणाकर भट्ट र नियमन तथा सुपरिवेक्षण समूहमा गुरुप्रसाद पौडेलको सरुवा भएको छ । यसअघि पौडेलले भुक्तानी प्रणालीको जिम्मेवारी पाएका थिए । उनको ठाउँमा भट्टलाई ल्याइएको छ । यसअघि भट्टले बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
रामु पौडेल वित्त व्यवस्थापन विभागमा पुगेका छन् । यसअघि उनले विदेशी विनिमय विभागको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए । तुलसी घिमिरे विदेशी विनिमय व्यस्थापन विभाग र मुकुन्द क्षत्री मानव संसाधन व्यवस्थापन विभागमा पुगेका छन् । क्षत्री यसअघि वित्त व्यवस्थापन प्रमुखको जिम्मेवारीमा थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *